बुटवलमा नेशनल प्याथ ल्याव प्रयोगशालाले पायो कोभिड(१९) को पीसीआर परीक्षण अनुमति

बुटवलमा नेशनल प्याथ ल्याव प्रयोगशालाले पायो कोभिड(१९) को पीसीआर परीक्षण अनुमति

काठमाडौँ उपत्यका चारसहित ६ वटा निजी प्रयोगशालालाई सरकारले कोरोना भाइरस ९कोभिड (१९० को पीसीआर विधिबाट जाँच गर्न अनुमति दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ९एनपीएचएल०, टेकुले मापदण्ड पुगेका काठमाडौँका ४ र बुटवल र नेपालगञ्जका २ गरी ६ वटा निजी प्रयोगशालालाई कोभिड(१९ को पीसीआर परीक्षण गर्न अनुमति दिएको हो ।

काठमाडौँ उपत्यकामा ललितपुर सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव ९सीडीएल० र लाजिम्पाटमा रहेको सूर्या हेल्थ कियरले अनुमति पाएको एनपीएचएलका प्रवक्ता राजेशक्मार गुप्ताले बताए ।

उपत्यकाबाहिर बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् ।

मापदण्ड अनुसार यी प्रयोगशालाले सरकारले संकलन गरेर दिएको नमूना मात्र परीक्षण गर्न पाउनेछन् । कोरोना परीक्षण गर्न अहिले देशभर २५ वटा प्रयोगशाला सञ्चालनमा छन् । सरकारी तवरबाटै अझै थप केही प्रयोगशाला आउने क्रममा छन् । यस्तो अवस्थामा स्वीकृती पाए पनि नमूना नपाइने गुनसो निजी प्रयोगशालाहरुको छ ।

प्रकाशित मिति : सोमबार, असार २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij