JanataToday.com

Advertisment

SKIP THIS

अब रियललाई उपाधि जित्न २ अंक मात्र आवश्यक

अब रियललाई उपाधि जित्न २ अंक मात्र आवश्यक

रियलसँग पराजित ग्रानडा ५० अंकसहित दशौँ स्थानमा छ ।

स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा लिग लिडर रियल मड्रिडले ग्रानडालाई २-१ ले पराजित गरेको छ । जितपछि रियलले दोस्रो स्थानको बार्सिलोनामाथि ४ अंकको अग्रता बनाएको छ । अब रियललाई उपाधि जित्न २ अंक मात्र आवश्यक छ ।

ग्रानाडाको मैदानमा भएको खेलमा फोर्लान मेन्डीले १०औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । १६औं मिनेटमा करिम बेन्जामाले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

५०औं मिनेटमा ग्रानडाका डारविन माचिसले एक गोल फर्काए ।

जितपछि ३६ खेलबाट रियलले ८३ अंक जोडेको छ । समान खेलबाट बार्सिलोनाको ७९ अंक छ । अब लिगमा २ चरणका खेल बाँकी रहँदा रियलले ४ अंकको अग्रता बनाएको छ र अब उपाधि जित्न २ अंक आवश्यक छ । रियलले अब बाँकी २ मध्ये एक खेल जितेमा उपाधि जित्नेछ ।

यदि बार्सिलोना अबको लमा ओसासुनासंऊ पराजित भएमा रियलले बाँकी २ खेलअघि नै उपाधि जित्नेछ ।

रियलसँग पराजित ग्रानडा ५० अंकसहित दशौँ स्थानमा छ ।

प्रकाशित मिति : मंगलबार, असार ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij