विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ३२ लाख २८ हजार ६ सय नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप एक लाख ९४ हजार ७ सय ९२ नयाँ संक्रमित थपिएसँगै मंगलबार बिहानसम्म संक्रमितको संख्या १ करोड ३२ लाख २८ हजार नाघेको हो ।
वल्डो मिटरको तथ्याङक अनुसार कोरोना महामारीका कारण ५ लाख ९४ हजार ९७० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७२० जनाको मृत्यु भएको छ ।
७६ लाख ९१ हजार कोरोना संक्रमण मुक्त भएका हुन् । ४९ लाख ६२ हजार उपचाररत छन् । ती मध्ये ५८ हजारको अवस्था गम्भिर छ ।
प्रकाशित मिति : मंगलबार, असार ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्