बुटवल- स्याङजाको कालिगण्डकी गाँउपालिका ४ खहरेमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । दुइ जना घाइते भएका छन । तीन जना बेपत्ता छन । पहिरोमा परेर खहरेकै इमानसिंह रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्गजाले जनाएको छ । राना साविकको बिर्घा गाविसका अध्यक्ष हुनुहुन्थ्यो । पहिरोमा पुरीएका दुइ जनाको उद्यार गरीएको छ । पहिरोबाट उद्यार गरीएका वडा नं ४ कै वडा सदस्य होमनाथ पाण्डे र अर्का स्थानीय विरबहादुर राना घाइते हुनुहुन्छ । घाइते दुवै जनालाइ उपचारकालागि पाल्पा मिसन अस्पताल पठाइएको कालिगण्डी ४ वार्ड अध्यक्ष चक्र पाण्डेले जानकारी दिनुभयो ।
पहिरोमा पुरीएका तीन जना अझै बेपत्ता छन । वडा नं. ४ खहरेकै स्थानीय प्रेमचन्द्र पाण्डे, गिमानसिंह राना र टिका थापा बेपत्ता रहेको कालिगण्डी ४ का वडा अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । घटना स्थलमामा अहिले नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले वेपत्ताको खोजी गरीरहेको वडाध्यक्ष पाण्डेले बताउनु भयो ।
प्रहरीका अनुसार पहिरो नजिकैको खहरेकै ४ घर पनि जोखीममा परेका छन । ती घर भित्र लेदोमाटो पसेपछि उनीहरुलाइ सुरक्षित स्थानमा सारीएको प्रहरीले जनाएको छ ।
कालीगण्डकी गाँउपालिका वडा नं ४ का अध्यक्ष पाण्डेका अनुसार रातभर परेको अबिरल बर्षाले वडाका बिभिन्न स्थानमा पहिरो झरेको भन्ने खबर सुनेपछि आज बिहान वडा सदस्य पाण्डे, पुर्व गाविस अध्यक्ष राना सहितको टोली निरीक्षणकालागि हिडेको थियो । पैदलै हिड्दै गर्दा बस्ती नजिकै माथिबाट झरेको पहिरोले ६ जनाको टोलीलाइ बाटोमै पुरको हो ।
प्रकाशित मिति : मंगलबार, असार ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्