JanataToday.com

Advertisment

SKIP THIS

तिलोत्तमा सहकारीको योजना तर्जुमा बैठक सम्पन्न

तिलोत्तमा सहकारीको योजना तर्जुमा बैठक सम्पन्न

 

 

बुटवल,
तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेड शंकरनगर (टिएमसि) को बार्षीक बजेट तर्जुमा बैठक बुधबार सम्पन्न भएको छ । बैठकले आर्थिक बर्ष २०७७÷०७८ कालागि रु ६० करोडको अनुमानीत बजेट तथा कार्यक्रम तर्जुमा गरेको छ । हाल ४५ करोड वासलात रहेको सहकारीले यो बर्ष ६० करोड सम्पत्ती पुरयाउने लक्ष्य लिएको हो ।

सहकारीका अध्यक्ष माधवलाल देवकोटाको अध्यक्षतामा बसेको बिस्तारीत बैठकले चालु बर्षकालागि ५ करोड ३४ लाख ६६ हजारको अनुमानित आय व्ययको लक्ष्य पनि तयार गरेको छ ।

अघि संचालित कामहरुलाइ निरन्तरता दिदै संस्थाको दिगो बिकास र शेयर सदस्यहरुको आर्थिक तथा सामाजिक क्षमता अभिबृद्धिकालागि महत्वपुर्ण कार्यक्रमहरु गर्ने निर्णय बैठकले गरेको छ । सबल र स्तरीय सहकारीको रुपमा टिएमसिलाइ स्थापित गराउन स्तरीकरण कार्यक्रम अन्तर्गत केयर ब्राण्डकालागि राष्ट्रिय सहकारी बैंक संग सम्झौता गरेको र सोही अनुरुप संस्थालाइ अगाडी बढाउने अध्यक्ष देवकोटाले बताउनु भयो ।

यो बर्ष शेयर सदस्य संख्या बढाएर ५ हजार पुरयाउने निर्णय बैठकले गरेको सचिव पार्वती थापाले बताउनु भयो । हाल सहकारीमा ३ हजार शेयर सदस्य छन । ५ करोड १५ लाख शेयर पुँजी रहेको शहकारीको ३८ करोड निक्षेप संकलन छ । सहकारीको तरलता २५ प्रतिशत रहेको कोषाध्यक्ष प्रदिप पराजुलीले जानकारी दिनुभयो ।

सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत गत आर्थिक बर्षमा बृक्षा रोपण, शंकरनगर स्थित विपि बाटिकामा पार्क निर्माण,स्वास्थ्य शिवीर, रक्तदान लगायतका कार्यक्रम गरेको छ । कोरोना नियन्त्रणमा सहयोग पुरयाउने उद्येस्यले सहकारीले तिलोत्तमा नगरपालिकाकालाइ ५१ हजार आर्थिक सहयोग गरेको छ ।

महिला सशक्तिकरण अन्तर्गत सिष्टर्स सोसाइटि क्लब गठन गरी सीपमुलक तालिमसगै सहकारी शिक्षा सम्बन्धि तालिमहरु संचालन गर्दै आएको र ती कार्यक्रमलाइ निरन्तरता दिइने देवकोटाले बताउनु भयो । महिला सदस्यहरुकालागि रु २ हजार सुत्केरी पोषण खर्चको व्यवस्था गरेको गरीएको छ । जेष्ठ सदस्यहरुकालागि ७० बर्ष माथिका शेयर सदस्यको निक्षेपमा साविकको व्याजदरमा १ प्रतिशत थप र ८० बर्ष माथिका शेयर सदस्यहरुकालागि १.५ प्रतिशत थप व्याजदर दिने व्यवस्था गरीएको छ ।

सबै शेयर सदस्यहरुको २ लाख बराबरको दुर्घटना बिमा गर्नुका साथै इच्छुक ५ सय सदस्यको रु एक लाख बराबरको कोरोना बिमा समेत गरीएको छ । १० हजार बराबरको सहकारी पत्रकारीता पुरस्कार पनि स्थापना गरीएको छ ।

प्रकाशित मिति : बिहिबार, साउन १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij