बुटवल – बुटवल पाल्पा सडक खण्ड अबरुद्ध भएको छ ।
अबिरल बर्षाका कारण पहिरो झर्दा सिद्धार्थ राजमार्ग अबरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको दोभान र झुम्साको बिचमा पहिरो गएको कारण बाटो अबरुद्ध भएको हो ।प्रहरीका अनुसार सडक खुलाउने प्रयास सुरु भएपनि केहि समय लाग्ने छ ।
हरेक वर्ष सिद्धबाबामा पहिरो जाँदा सो सडक हुँदै आवज जावत गर्ने यात्रुहरुले सास्ती बेर्होनु परेको छ।
लगातार पानी परिरहेको कारण पहिरो हटाउने कार्य भएपनि पहाडबाट पहिरो खसिरहेको कारणले काम गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए ।
प्रकाशित मिति : शुक्रबार, साउन २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्