निर्मला बलात्कार–हत्यापछिका तीन महिनामा देशभर ५९० बलात्कार

निर्मला बलात्कार–हत्यापछिका तीन महिनामा देशभर ५९० बलात्कार

काठमाडौं : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार–हत्यापछिका तीन महिनामा देशभर ५९० बलात्कारका घटना भएका छन्।

गृह मन्त्रालयले संघीय संसदको महिला तथा बालबालिका समितिमा प्रतिवेदन बुझाउँदै बलात्कार घटनाको डरलाग्दो तथ्यांक सार्वजनिक गरेको हो।

साउन, भदौ र असोज महिनामा ५९० वटा बलात्कारका घटना भएको गृहको प्रतिवेदनमा उल्लेख छ। गृहले सो प्रतिवेदन दुई दिनअघि समितिमा बुझाएको थियो।

यसै अवधिमा जबरजस्ती करणी उद्योगका २५७, अप्राकृतिक मैथुनका १०, मानव बेचबिखन, जबरजस्ती करणी १ र अपहरणपछि जबरजस्ती करणी १ घटना भएका छन्।

गत आर्थिक वर्षमा १४८० वटा बलात्कार घटना भएका थिए। जबरजस्ती करणी उद्योगका ७२७, अप्राकृतिक मैथुनका २४, मानव बेचबिखन तथा जबरजस्ती करणीका १० र अपहरण तथा जबरजस्ती करणीका २३ घटना भएका थिए।

तीन महिनामा भएका बलात्कार घटनामा ८१४ जना पक्राउ परेका छन् भने १७४ जना फरार भएका छन्। यो अवधिमा ३३२ मुद्दा फर्स्यौट भएका छन्। ५२७ मुद्दा फर्स्यौट हुन बाँकी छन्।

महिला तथा बालबालिका समितिले निर्मला पन्तको हत्या अनुसन्धानको प्रगति मागेपछि गृह मन्त्रालयले समितिमा प्रतिवेदन पेश गरेको थियो।

पन्तको असार ११ गते बलात्कार–हत्या भएको थियो। गृहले पन्त बलात्कार–हत्यामा शंकास्पद दिलीपसिंह बिष्टलाई पक्राउ गरेको थियो। अदालतले उनलाई साधारण तारेखमा छोडेको थियो।

निर्मलाका साथी बबिता र अनिता बमलाई पक्राउ गरिए पनि सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै छोडेको थियो। त्यसपछि प्रहरीले घटना अनुसन्धान सिलसिलामा २५५ जनालाई पक्राउ गरेको गृहले जनाएको छ।

गृहसचिव हरिप्रसाद मैनाली संयोजक रहेको छानबिन समितिले प्रारम्भिक घटना अनुसन्धानमा लापरबाही गरेको भनी दुई प्रहरी नायब उपरीक्षकसहित केही प्रहरीलाई छानबिन गरिरहेको छ।

प्रहरी अतिरिक्त महानिरीक्षक धिरू बस्नेत नेतृत्वको समितिको सिफारिसमा पन्त बलात्कार–हत्यामा लापरबाही गर्ने प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई गृहले बर्खास्त गरेको छ।

प्रहरी बर्खास्त भइसकेपछि पन्तको हत्या अनुसन्धान अहिले शून्य अवस्थामा छ। प्रहरीले अनुसन्धान गरिरहेको भए पनि नयाँ तथ्य फेला परेको छैन।

प्रकाशित मिति : बिहिबार, मंसिर १३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij