बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्ड सुचारु भएको केही समयमै पुन अवरुद्ध भएको छ ।
तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै शुक्रबार राति खसेको पहिरो दुई दिन लगाएर पन्छाएपछि आइतबार साँझ ५ बजेदेखि एकतर्फी सवारी साधन चलेका थिए ।
फेेेरि राति सवा आठ बजेपछि सोही ठाउँमा पहिरो खस्दा पुनः पूर्णरुपमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । सोमबार बिहानबाट पहिरो पन्छाउने काम शुरु हुने डीएसपी गिरीले बताए ।
शुक्रबार रातिदेखि रोकिएका सबै साधन पहिरो खसेको ठाउँ पार गरेर गन्तव्यतर्फ जान नपाउँदै पुनः सडक अवरुद्ध भएपछि सवारी साधनहरु फेरि सडकमै अलपत्र परेका छन् ।
प्रकाशित मिति : सोमबार, साउन ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्