लुम्बिनीमा पर्यटक बढ्ने अपेक्षासहित कम्बोडियासँग हवाई सम्झौता

लुम्बिनीमा पर्यटक बढ्ने अपेक्षासहित कम्बोडियासँग हवाई सम्झौता

काठमाडौँ । लुम्बिनीमा पर्यटक बढ्ने आशासहित नेपाल र कम्बोडियाबीच हवाई उडान सम्झौता भएको छ । सातामा १४ वटा उडान गर्ने गरी नेपालका तर्फबाट पर्यटनमन्त्री रविन्द्र अधिकारी र कम्बोडियाका मिनिष्टर इञ्चार्ज अफ द स्टेट सेक्रेटारिएट अफ सिभिल एभिएशन माओ हाभनन्लले सम्झौतामा हस्ताक्षर गरे ।

प्रधानमन्त्री केपी ओली र कम्बोडियाका समकक्षी हुन सेनको उपस्थितिमा पर्यटनमन्त्री अधिकारी र कम्बोडियाका मिनिष्टर इञ्चार्ज अफ द स्टेट सेक्रेटारिएट अफ सिभिल एभिएशन हाभनन्लले द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

योसँगै कम्बोडिया नेपालसँग हवाई सम्झौता गर्ने ३९ औं मुलुक भएको छ । यो सम्झौतापछि अब नेपाली तथा कम्बोडियाका वायुयानले एकअर्का मुलुकमा सातामा १४ वटासम्म उडान भर्न पाउने छन्। ९६ प्रतिशत बुद्धिष्ट धर्मावलम्बी भएको कम्बोडियासँग भएको हवाई सम्झौताले लुम्बिनीमा पर्यटक आगमन बढ्ने मन्त्रालयले अपेक्षा गरेको छ।

यसअघि कम्बोडियालीहरु सीधा उडान नभएकाले चीन, थाइल्याण्ड, भारतलगायत मुलुक हुँदै नेपाल भम्रणमा आउथे। अब उनीहरु सजिलै नेपाल आउन पाउने भएका छन् ।

प्रकाशित मिति : बिहिबार, मंसिर १३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij