काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका छन् । साथै उनले प्रधानमन्त्री केपी ओलीलाई विदा गरेर नेकपा भित्रैबाट अर्को व्यक्तिलाई प्रधानमन्त्री चयन गर्न पनि भनेका छन् ।
सर्वोच्च अदालतले जेल सजायँ कटौती गरिदिएपछि पूर्वडीआईजी रञ्जन कोइराला रिहा भएको भोलिपल्टै डा। भट्टराईले न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका हुन्
।
समाजवादी पार्टीका वरिष्ठ समेत रहेका डा। भट्टराईले देश गम्भीर संकटतिर जान लागेको बताउँदै आफ्ना धारणा बुँदागत रुपमा ट्वीटरमार्फत् सार्वजनिक गरेका छन् ।
‘लोकतान्त्रिक ढंगले संकटमोचन गर्ने उपाय’ भन्दै डा। भट्टराईले संसद अधिवेशन बोलाउन, केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गर्न र अपराधको संरक्षण गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन प्रस्ताव गरेका छन् ।
साथै उनले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जान पनि प्रस्ताव गरेका छन् ।
प्रकाशित मिति : शुक्रबार, साउन ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्