३ किलाे चरेशसहित १ जना पक्राउ

३ किलाे चरेशसहित १ जना पक्राउ

बीरगञ्ज : सशस्त्र प्रहरीले वीरगञ्जबाट ३ किलो चरेशसहित एक जनालाई पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका-१६ भन्सार मुलगेटबाट सशस्त्र प्रहरीले भारत कलकत्ता घर भएका ३६ वर्षीय एकलाख शेखलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीको भन्सार गुल्मबाट खटिएको टोलीले भन्सार मुलगेटमा चेकजाँचका क्रममा उनको शरीरबाट तीन किलो चरेश बरामद गरेको थियो ।

नेपालबाट भारत रक्सौलतर्फ जाँदै गर्दा शरीरमा सेटिङ्ग गरी चरेश लुकाएर लैजाँदै गर्दा शेखलाई पक्राउ गरिएको गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक खडकाले जानकारी दिए ।

पक्राउ परेका शेखलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, मंसिर १४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij