‘इनफ इज इनफ’लाई कांग्रेसको ऐक्यवद्धता

‘इनफ इज इनफ’लाई कांग्रेसको ऐक्यवद्धता

काठमाडौ-कोभिड १९ को सवल व्यवस्थापन र जनताको जीवन रक्षा गर्न माग गर्दै युवाहरुले सुरु गरेको सत्याग्रहका लागि नेपाली कांग्रेसले ऐक्यवद्धता जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौंको वसन्तपुरमा सत्याग्रह बसेका इनफ इज इनफ समूहका युवाहरुलाई भेट गरी कोभिड नियन्त्रणका लागि गरिएको सत्याग्रहमा कांग्रेसको एकबद्धता रहेको बताएका हुन् । युवाहरुले कोभिड नियन्त्रणका लागि राखेको जायज मागप्रति कांग्रेसको समर्थन रहेको र सत्याग्रहका लागि ऐक्यवद्धता जनाएको उनले बताए ।

कोभिड संक्रमण सुरु भएदेखि नै नेपाली कांग्रेसले आरडीटीलाई खारेज गरी पीसीआर प्रविधिबाट परीक्षण सुरु गर्न सुझाव दिइएको तर सरकारले बेवास्ता गरेको उनले बताए । युवाहरुले अघिल्लो पटक गरेको अनसनका बेला सरकारले जे–सम्झौता गरेको थियो ती सम्झौतालाई पूरा गरी सम्पूर्ण नेपाली नागरिकको जीवन रक्षा गर्नुपर्ने उनले बताए ।

इनफ इज इनफ समूहका युवाहरु १० दिनदेखि कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि आरडीटी परीक्षण खारेज गर्न र पीसीआर परीक्षण गर्न माग गर्दै खानापानी नखाई सत्याग्रह बसेका छन् ।

प्रकाशित मिति : सोमबार, साउन १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij