काठमाडौं : कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने हत्यारालाई पक्राउ गर्नाका लागि दबाब सिर्जना गर्न ठाउँठाउँमा पोस्टर टाँस्दै हिँडेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार काठमाडौंको माइतीघर मण्डलाको बिजुलीका पोल लागायतमा पोस्टर टास्दै हिँडेका युवालाई प्रहरीले पक्राउ गरेको हो।
गत मंगलबार सामाजिक सुरक्षा आयोजनाको प्रचारका लागि प्रधानमन्त्रीको तस्बीरसहित नयाँ युगको शुभारम्भ लेखिएको पोस्टर र ब्यानर टाँसिएको थियो।
सरकारलाई चुनौति दिँदै त्यसैको ठीक एक दिनपछाडि निर्मालाको न्यायका लागि आवाज उठाउँदै आएका स्वतन्त्र युवाको समूहले निर्माला पन्तको श्यामस्वयत तस्बिरसहित सरकार भेटियो न्याय भेटिएन भन्ने नारा लेखिएका पोस्टर टाँसेका थिए।
त्यसैलाई शुक्रबार पनि निरन्त्रता दिन स्वस्फूर्त रूपमा माइतीघरमा जम्मा भएका अभियानताहरूमध्ये १२ जनालाई प्रहरीले पक्राउ गरेको हो।
प्रकाशित मिति : शुक्रबार, मंसिर १४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्