JanataToday.com

Advertisment

SKIP THIS

मुख्यमन्त्री र उपमहानगरपालिकाको टोलीबीच विकास आयोजनाबारे छलफल

मुख्यमन्त्री र उपमहानगरपालिकाको टोलीबीच विकास आयोजनाबारे छलफल

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग बुटवल उपमहानगरपालिकाले विकास आयोजनाबारे छलफल गरेको छ।

उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी सहितको टोलीले बुटवलमा सञ्चालन हुने र भइरहेका विकास आयोजनाबारे छलफल गरेको हो ।

उपमहानगरपालिकाले एक्लै अघि बढाउन लागेका, प्रदेशले अघि बढाउन लागेका र संघ, प्रदेश र उपमहानगरपालिकाको साझेदारीमा अघि बढ्न लागेका आयोजनाबारे मुख्यमन्त्रीसँग छलफल भएको छ ।

बुटवल उपमहानगरपालिकाको प्रस्तुति सुनेपछि मुख्यमन्त्रीले विकास आयोजना अघि बढाउदा रकमको व्यवस्थापन एकद्धार प्रणालीबाट गर्नुपर्ने बताए । उनले एउटै प्रक्रियाबाट आयोजना अघि बढाउनुपर्ने र श्रोतको झमेला अन्त्य हुनुपर्नेमा जोड दिए।

उनले उपमहानगरपालिकाले जग्गा उपलब्ध गराइदिए उजिरसिंह रंगशाला प्रदेश सरकारले बनाइदिने र जितगढीलाई आर्कषक पर्यटकीय केन्द्र बनाउन अतिक्रमण हटाउन निर्देशन दिए ।

उनले जितगढीको अतिक्रमण हटाए त्यहाँको भौतिक पूर्वाधार सहितको आर्कषक पर्यटकीय विकास प्रदेश सरकारले गर्ने बताए ।

छलफलमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, प्रमुख सचिव, भौतिक पूर्वाधार विकास सचिव र बुटवल उपमहानगरपालिकाका प्रमुख सुवेदी, उपप्रमुख गोमादेवी आचार्यसहित वडाध्यक्ष र योजना प्रमुख लगायत सहभागी थिए।

प्रकाशित मिति : शुक्रबार, मंसिर १४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij