काठमाडौं –बिहीबार थप २७४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार आज २७४ थप जनामा कोरोना पोजिटिभ देखिएको जनाएको हो ।
विभिन्न २७ प्रयोगशालामा ६ हजार ३०४ जनामा गरिएको परीक्षणमा थप २७४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
यससँगै नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या १९ हजार ५४७ पुगेको छ । जसमध्ये संक्रमितको संख्या ५ हजार २२७ रहेकाे छ ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार २४८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २२७ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
प्रकाशित मिति : बिहिबार, साउन १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्