लायन्स लियो स्टार्सद्धारा सहयोग

लायन्स लियो स्टार्सद्धारा सहयोग

 

बुटवल –सामाजीक क्षेत्रमा क्रियाशिल लायन्स,क्लब अफ बुटवल स्टार्स र लियो क्लब बुटवल स्टार्सको संयुक्त आयोजनामा दृष्टिबिहिनहरुलाई खाद्यन्न प्रदान गरेको छ ।

‘जहाँ दुख्छ त्यहाँ पुग्छ’ भन्ने नारा सहीत बुटवल–१२ तामनगरमा रहेका दृष्टिविहिन तथा आय आर्जन भजन तथा सास्कृतिक समाज लाई सहयोग प्रदान गरिएको हो । विहिवार आश्रममा एक कार्यक्रमको आयोजना आएआर्जन भजन तथा सास्कृतिक समुहलाई २ महिनाको घरभाडा सोरुप रु १०हजार नगद रकम, चामल, दाल, चिनी, तेल कपडा र सेतो छडि ६ पिस हस्तारण गरिएको लायन्स क्लब बुटवल स्टार्सका अध्यक्ष एमजेएफ शुसिल पाण्डेले बताए ।

कार्यक्रममा बोल्दै एरिया ४ एरिया चिफ एमजेएफ संदिप कसौधनले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीको बेला लायन्स, लियो विभिन्न रचनात्मक कार्य गरेको बताए । उनले २०२० मा कोरोना महामारीको सामना गर्न पर्ने साथै कोरोनाको डर देखाएर सामजीक काम टाढा नहुनको लागि सुझाब समेत दिएका थिए ।

लायन्स इन्टरनेशनल ३२५ नेपालका निबर्तमान मल्टिपल चेयरपर्सन पिएमजेएफ शुनिल ओझाले मुलुकलाई कारोनामुक्त बनाउन सके त्यहीमा नै जीत हासिल गर्न सकिने बताए । उनले सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स र लियो कुनै फरक कार्य गर्नु भन्दा त्यही कुनै पनि कार्य फरक ढंगले गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पुर्वगर्भनर एमजेएफ महेन्द्रनारायण श्रेष्ठ, रिजन चेयर्पर्सन एमजेएफ आशिष कृष्ण श्रेष्ठ, जोन चेयरपर्सन एमजेएफ एमएल पाण्डे, निबर्तमा अध्यक्ष एमजेएफ दिपक भट्टराई, लियो स्टार्सका अध्यक्ष दिपेश अग्रहरी,लायन्स स्टार्सका प्रथम उपाध्यक्ष एन्जील खान लागएत बोलेको कार्यक्रमको संयोजक बिजय कुमार बर्नवाल ले जानकारी दिए ।

प्रकाशित मिति : बिहिबार, साउन १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij