विश्वमा १ करोड ७५ लाखमा कोरोना, भारतमा ५५ हजार संक्रमित थपिए

विश्वमा १ करोड ७५ लाखमा कोरोना, भारतमा ५५ हजार संक्रमित थपिए

काठमाडौं –  विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७५ लाख नजिक पुगेको छ। पछिल्लो २४ घण्टामा २ लाख ७४ हजार संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या १ करोड ७४ लाख ५२ हजार पुगेको हो।  अमेरिकामा ६६ हजार ५ सय, ब्राजिलमा ५८ हजार २ सय र भारतमा ५५ हजार संक्रमित थपिएका छन्। दक्षिण अफ्रिकामा ११ हजार, कोलम्बियामा १० हजार, मेक्सिकोमा ५ हजार ७ सय, रसियामा ५ हजार ५ सय र स्पेनमा २ हजार ७ सय जनामा नयाँ संक्रमण देखिएको छ । विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ लाख ७५ हजार नाघेको छ।  पछिल्लो २४ घण्टामा झण्डै ६ हजार संक्रमितको मृत्यु भएसँगै कूल मृतकको संख्या ६ लाख ७५ हजार ५ सय ३१ पुगेको हो। पछिल्लो २४ घण्टामा अमेरिकामा १२ सय ३९, ब्राजिलमा ११ सय ८९, भारतमा ७ सय ८३, मेक्सिकोमा ४ सय ८५, दक्षिण अफ्रिकामा ३ सय १५, इरानमा २ सय २६ र रसियामा १ सय २९ जनाको मृत्यु भएको हो।  यसैबीच, बेलायतले लक्षण देखिएका कोरोना संक्रमितलाई १० दिन आइसोलेसनमा राख्ने भएको छ। यसअघि खोकी, ज्वरो, स्वाद र गन्ध थाहा नपाउने लक्षण देखिएका संक्रमितलाई सात दिन आइसोलेसनमा बस्न सल्लाह दिइँदै आएको थियो। तर अब यो रणनीति विश्व स्वस्थ्य संगठनको निर्देशनअनुसार परिवर्तन गरिएको स्वास्थ्यअधिकारीलाइ उद्यृत गर्दै बीबीसीले जनाएको छ।

प्रकाशित मिति : शुक्रबार, साउन १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij