पाल्पा । पाल्पा बुटवल सडकको स्तरोन्नतीको काम हुने भएको छ । बुटवल पाल्पा सडक खण्डको (चिडियाखोलादेखि भुतखोला खण्ड) मा सडकका ढुंगा फुटाई हटाउनु पर्ने, पहिरो हटाउनु पर्ने तथा सडक मर्मत संभार गर्न सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यले बताए ।
यही मंसिर १७ गतेदेखि १९ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म केराबारीदेखि चिडियाखोलासम्म अत्यावश्यकीय सवारी बाहेक अन्य सवारी साधन पुर्ण रुपमा बन्द हुने भएको डिभिजन सडक कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, मंसिर १४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्