पछिल्लो २४ घण्टामा मात्रै दुई लाख ४४ हजार एक सय एक जना नयाँ संक्रमित थपिएका छन् ।
हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या छ लाख ८७ हजार सात सय ७७ पुगेको छ ।
एक करोड १३ लाख १० हजार चार सय ३१ संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
५९ लाख ९८ हजार छ सय एक जना उपचाररत छन् ।
उपचाररत मध्ये ६५ हजार छ सय ३१ जनाको अवस्था चिन्ताजनक छ ।
कोरोनाका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म ४७ लाख ६३ हजार छ सय सात जनामा संक्रमण पुष्टि भएको छ ।
एकै दिन ५७ हजार सात सय १८ जना नयाँ बिरामी थपिएका छन् ।
एक लाख ५७ हजार आठ सय ७७ जनाले ज्यान गुमाइसकेका छन् ।
२२ लाख ४९ हजार सात सय ४० जना उपचाररत रहेकोमा १८ हजार छ सय ६५ जनाको अवस्था गम्भीर छ ।
प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा रहेको ब्राजिलमा हालसम्म कोरोनाकै कारण ९३ हजार छ सय १६ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा ४२ हजार पाँच सय ७८ जना नयाँ बिरामी थपिएपछि ब्राजिलमा संक्रमित संख्या १७ लाख आठ हजार आठ सय ७६ पुगेको छ ।
सात लाख ३१ हजार दुई सय नौ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ को अवस्था गम्भीर छ ।
छिमेकी मुलुक भारत विश्वमा प्रभावित हुनेमध्ये तेस्रो नम्बरमा पर्छ ।
त्यहाँ हालसम्म १७ लाख ५१ हजार नौ सय १९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ५४ हजार आठ सय ६५ जना नयाँ बिरामी थपिएका छन् ।
३७ हजार चार सय तीन जनाले ज्यान गुमाइसकेका छन् ।
११ लाख ४६ हजार आठ सय ७९ जना उपचारपछि निको भएर फर्किएका छन् ।
पाँच लाख ६७ हजार छ सय ३७ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।
प्रकाशित मिति : आइतबार, साउन १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्