दाङ: निर्माण व्यवसायी महासंघ प्रदेश ५ को नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ।
महासंघको प्रदेश ५ अध्यक्षमा दाङका बलिभद्र राना निर्विरोध निर्वाचित भएका छन्। घोराहीमा भएको प्रथम साधारणसभा तथा अधिवेशनबाट राना निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन्।
रानाका प्रतिद्वन्द्वी बाँकेका सुरेश चन्दले उमेदवारी फिर्ता लिएपछि राना अध्यक्षमा निर्वाचित भएका हुन्।
चन्दलाई वरिष्ठ उपाध्यक्ष बनाइने सहमति भएको छ। अधिवेशनले मञ्जु भुसाल, नवीन ज्ञवाली, देवीलाल न्यौपाने, यज्ञबहादुर खत्री, नवराज श्रेष्ठ र रवीन्द्र लम्साललाई आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ।
त्यस्तै, महिला उपाध्यक्षमा गंगा पोखरेल र महासचिवमा प्रकाश शाह चयन भएका छन्।
उपमहासचिवहरुमा टीकाबहादुर श्रेष्ठ, पवनकुमार कुँवर र दिनेशकुमार हमाल चयन भए। कोषाध्यक्षमा त्रिभुवनदत्त मिश्रा र सहकोषाध्यक्षमा प्रकाश बस्नेत निर्वाचित भएका छन्।
यसैगरी, सदस्यहरुमा जविन कक्षपती, ढुण्डीराज पोखरेल, भागवत गिरी, बिमलमान श्रेष्ठ, सन्तोष बिएम, दीपककुमार श्रेष्ठ, एशोसिएट सदस्यमा वामदेव रेग्मी, महिला सदस्यमा नलिन गौतम भुसाल, वस्तुगत सदस्यमा अजय राना, मधेसी, मुस्लिम, मधेसी सदस्यमा रमेशकुमार मिश्रा र जनजाती सदस्यमा सुजन श्रेष्ठ निर्बिरोध निर्वाचित भएका छन्।
प्रकाशित मिति : शुक्रबार, मंसिर १४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्