काठमाडौं – विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भ्यान्डेलरले कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबीच दूरी कायम गर्न अपिल गरेका छन्। पछिल्लो समय सरकारले लकडाउन हटाइसके पछि मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण संक्रमण बढ्दै गएको छ। संक्रमण कम गर्न एक अर्काबीच दूरी कायम गर्नु सबैभन्दा महत्वपूर्ण छ । तर मानिसहरुको भिडभाड बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि भ्यान्डेलरले दूरी कायम गर्न अपिल गरेका हुन्। खोक्दा अथवा छुँदा अर्को व्यक्तिमा संक्रमण भइरहेको र एक अर्काबीच दूरी कायम गर्नु नै सबैभन्दा सुरक्षित उपाय भएकाले सावधानी अपनाउन भ्यान्डेलरले अपिल गरेका हुन्। कम्तीमा १ मिटरको दूरी कायम गरेर क्रियाकलाप गर्न ध्यान दिन उनले आग्रह गरे। त्यस्तै मास्कको प्रयोग र हात धुने बानीले संक्रमणको झिनो सम्भावना हुने भएकाले सबैलाई सजगताका साथ प्रयोग गर्न अपिल गरेका छन्।
प्रकाशित मिति : सोमबार, साउन १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्