ग्रामीण विकास वित्तीय संस्थाका कर्मचारीहरूद्वारा कोरोना उपचार कोषमा ३४ लाख बढि सहयोग

ग्रामीण विकास वित्तीय संस्थाका कर्मचारीहरूद्वारा कोरोना उपचार कोषमा ३४ लाख बढि सहयोग

बुटवल-ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आर्थिक सहयोग गरेको छ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत लगायत सम्पूर्ण कर्मचारीहरूबाट संकलन गरिएको रकम रु. ३४ लाख २३ हजार ६ सय ९८ रूपैया“को चेक नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिएको संस्थाले जनाएको छ ।
सहयोग रकम वापतको उक्त चेक संस्थाका सञ्चालक समिति अध्यक्ष चण्डिप्रसाद घिमिरे र प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडालाई आइतवार अर्थमन्त्रालयमा हस्तान्तरण गर्नुभएको हो ।
चेक ग्रहण गर्दै अर्थमन्त्री खतिवडाले देशमा गरिबी न्यूनिकरण गर्ने अभियानमा कार्यरत ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरूले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै यो रकमलाई सरकारले ठुलो सहयोग मानेको बताउनु भयो । सहयोग रकम कोरोना संक्रमण तथा विपतमा परेका नागरिकहरूको उपचार र उद्धारका लागि नेपाल सरकारले सदुपयोग गर्ने मन्त्री खतिवडाले बताउनु भयो ।
चेक हस्तान्तरण कार्यक्रममा संस्थाका कम्पनी सचिव दिपकप्रसाद पाण्डे, कर्जा व्यवस्थापन नीति तथा योजना विभागका प्रमुख किरण काफ्ले, वित्त व्यवस्थापन विभागका प्रमुख मोतिराज खनाल तथा संस्थामा क्रियाशील कर्मचारी युनियनका अध्यक्षहरुको सहभागिता रहेको थियो ।
संस्थाले यस अघि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको उक्त कोषमा रु. ११ लाख र सात वटै प्रदेश सरकारले स्थापना गरेको कोरोना विपद ब्यवस्थापन कोषमा प्रत्येक प्रदेशलाई समान रू. २ लाख ५० हजारका दरले रु. २८ लाख ५० हजार रकम सहयोग गरिसकेको छ ।

प्रकाशित मिति : मंगलबार, साउन २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij