आज ३१ औँ विश्व एड्स दिवस मनाईँदै

आज ३१ औँ विश्व एड्स दिवस मनाईँदै

काठमाडौं । ‘एचआईभीको जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने नाराका साथ आज ३१ औँ विश्व एड्स दिवस मनाँंदैछ ।

यो दिवसलाई एचआईभी संक्रमित तथा प्रभावितलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्ने दिनको रुपमा मनाउने गरिन्छ । विश्वले नै सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ ।

नेपालमा सन् २०१० को तुलनामा २०१७ सम्ममा एचआईभी संक्रमितको संख्या ६१ प्रतिशतले घटेको तथा ६३ प्रतिशतले बच्चामा हुने नयाँ संक्रमणमा कमी आएको राष्टिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

यसैगरी एड्सको कारण ज्यान गुमाउनेको संख्या २३ प्रतिशतले घटेको छ । अहिले १६ हजार ४ सय २८ जना एचआईभी संक्रमितले मात्रै उपचार गराइरहेका केन्द्रका निर्देशक डाक्टर तारा नाथ पोख्रेलले जानकारी दिए ।

सङ्क्रमण सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी, कामका लागि विदेशिने र जेलका कैदी सङ्क्रमणको उच्च जोखिममा छन् ।

जनचेतनाको कमी र सुरक्षा अपनाउने साधनको सावधानीपूर्वक प्रयोग नगर्दा यस्तो जोखिम बढेको केन्द्रले जनाएको छ । नेपालमा एड्स रोगको निशुल्क औषधि पाइन्छ । तर धेरैले निशुल्क औषधिबारे थाहा नपाउँदा उपचारको पहुँचमा पुग्न सकेका छैनन् ।

प्रकाशित मिति : शनिबार, मंसिर १५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij