अमेरिका: अमेरिकाको अलास्कामा ७.० म्याग्निच्यूडको भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ विभागका अनुसार अलास्का राज्यको सबैभन्दा ठूलो शहर एकोंरेजको ११ किलोमिटर उत्तरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पपछि थुप्रै पराकम्पहरु गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।
भूकम्पबाट ठूलो भौतिक क्षति भए पनि मानवीय क्षति भने भएको खबर अहिलेसम्म आएको छैन ।
भूगर्भ विभागले पराकम्पहरु अझै ठूलो संख्यामा आउन सक्ने भन्दै नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ ।
अहिलेसम्म ४० वटा पराकम्प आइसकेको छ । त्यसमा पनि १० वटा पराकम्प ४.० म्याग्निच्यूडभन्दा माथिका छन् भने ३ वटा पराकम्प ५.० म्याग्निच्यूडभन्दा माथिको रहेको अलास्का अर्थक्वेक सेन्टरले जनाएको छ ।
भूकम्पका कारण घरहरु केही भत्किएका छन् । राजमार्गहरु चिराचिरा परेका छन् । त्यस्तै भूकम्पसँगै सुनामी आउने खतरा रहेको भन्दै अधिकारीहरुले सतर्क रहन आग्रह गरेका छन् ।
प्रकाशित मिति : शनिबार, मंसिर १५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्