काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षा केन्द्रबाटै सञ्चालन गर्ने भएको छ।
बोर्डले बुधबार राती परीक्षा तालिका निकाली परीक्षाफल प्रकाशन र प्रश्नपत्र छपाइको काम केन्द्रले गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक रामशरण सापकोटाले जानकारी दिए ।
कर्मचारी व्यवस्थापन गर्न मुस्किल भएकाले उक्त परीक्षा केन्द्रबाटै गरिने बोर्डको तर्क छ। बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले आउँदो वर्ष भने प्रदेशबाटै परीक्षा सञ्चालन गरिने दाबी गरे ।
उनले प्रश्नपत्र केन्द्र र उत्तरपुस्तिका छपाइ प्रदेशस्तरबाट हुने जानकारी दिए ।
उनका अनुसार परीक्षाको आचारसंहिता बिगतकै जस्तो रहनेछ। बोर्डले पुरानो पाठ्यक्रमबाट ग्रेडवृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीका लागि जिल्ला सदरमुकाम वा पायक पर्ने एउटै परीक्षा केन्द्रमा राख्न निर्देशन दिएको छ। उक्त तालिकाअनुसार एसइई चैत १० गतेदेखि शुरू भई २१ गते सकिनेछ।
प्रकाशित मिति : शनिबार, मंसिर १५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्