नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुनेकाे संख्या २३ हजार नजिक पुगेकाे छ ।
आइतबार थप ३८० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २२ हजार ९७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
विभिन्न ३७ वटा प्रयाेगशालामा गरिएकाे परीक्षणमा थप ३८० जनामा काेराेना पाेजिटिभ देखिएकाे मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले जानकारी दिए ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ४० जना निको भएर डिस्चार्ज भएको जानकारी दिएको छ । यससँगै संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ३५३ पुगेको छ ।
यसैबिच
नेपालमा पछिल्लो २४ घण्टायता कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको ब्रिफिङका क्रममा थप दुई जनाको कोरोनाबाट ज्यान गएको पुष्टि गरेको हो ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले कास्कीका ६२ वर्षीय पुरुष र पर्साका २० वर्षीया युवतीकाे काेराेनाबाट ज्यान गएको जानकारी दिए ।
यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या ७५ पुगेको छ ।
प्रकाशित मिति : आइतबार, साउन २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्