भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण पुष्टि

भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण पुष्टि

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस संक्रमण देखिएको छ ।

सोमबार मुखर्जी आफैंले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

८४ वर्षीय मुखर्जीले ट्वीटमा परीक्षणबाट आफूमा कोरोना संक्रमण देखिएकाले आइसोलेशनका लागि अस्पताल जान लागेको जानकारी दिएका हुन् ।

यसैगरी ट्वीटमा उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई आइसोलेशनमा बस्न तथा संक्रमण भए–नभएको परीक्षण गर्न आग्रह गरेका छन् ।

मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए ।

भारतमा हालसम्म २२ लाख १५ हजार ७५ जना कोरोनाबाट संक्रमित भइसकेका छन् । नयाँ केसका रूपमा ६२ हजार ६४ जनामा संक्रमण देखिएको जनाइएको छ ।

प्रकाशित मिति : सोमबार, साउन २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij