बुटवल उपमहानगर क्षेत्रमा मध्यरातदेखि लकडाउन

बुटवल उपमहानगर क्षेत्रमा मध्यरातदेखि लकडाउन

बुटवल –समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि बुटवल उपमहानगरपालिकाले बुटवल क्षेत्रमा लकडाउनको घोषणा गरेको छ भने तिलोत्तमाले अत्यावश्यक बाहेकका सबै सेवा भदौ १० सम्म बन्द गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाले नगरक्षेत्र भित्र कोरोना संक्रमण तिब्र रुपमा फैलिई रहेकाले विहिवार राति ११ः४५ बजे देखि आउदो भदौ ५ गते राति ११ः४५ बजेसम्म सम्पुर्ण नगरक्षेत्र लाई लकडाउन गर्ने निर्णय गरेको हो ।
बुधबार प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको उपस्थितिमा बुटवल उपमहानगर प्रमुख शिव सुवेदीको अध्यक्षतामा बसेको बुटवल कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले बुटवलदेखि बाहिर जाने तथा बुटवल भित्रिनेहरुका लागि २४ घण्टाको समय दिएर लकडाउन गर्ने निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो ।
बैठकले लकडाउन अवधिमा अत्यावश्यकीय सेवा अन्तर्गतका स्वास्थ्य क्षेत्र, खाद्यान्न, दुग्ध तथा तरकारी लगायतका सेवाहरु मास्क तथा पन्जा लगाएर र स्यानिटाइजर प्रयोग गरी संचालन गर्न सकिने र यी बाहेकका अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
बैठक पछि बुटव उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जारी गरेको सूचनामा लकडाउनको अवधिमा स्वास्थ्य सेवा सम्वन्धि सबै कार्यहरु र सोका लागि प्रयोग हुने सवारी साधन संचालन हुनेछन् भने यसका लागि साथमा परिचय पत्र अनिवार्य गरिएको छ । खाद्य, किराना, र डिपार्टमेण्ट स्टोर, तरकारी, फलफूलको विक्री वितरण आवश्यक दूरी कायम गरी विहान ७ वजे देखि ११ वजेसम्म संचालन गर्ने र दुध विहान ७ देखि ११ वजेसम्म र साँझ ५ देखि ७ वजेसम्म ढुवानी तथा वितरण गर्न पाइने छ ।
विद्युत, खानेपानी, वारुणयन्त्र र सरसफाई सम्वन्धि सेवा र सोका लागि प्रयोग हुने सवारी साधन संचालन गर्न पाइने छ भने बैंक तथा वित्तिय संस्था र सहकारी संस्थाहरु तालिका वनाई नगरपालिकाको स्वीकृतिमा मात्र दिनको १० वजेदेखि २ वजेसम्म मात्र संचालन गर्न पाइने छ ।
औद्योगिक तथा निर्माणजन्य कार्यमा संलग्न कर्मचारी तथा श्रमिकहरु सुरक्षा मापदण्ड पालन गरी संचालन गर्न सकिने छ भने बुटवल क्रस गरेर जाने सवारी साधनहरुले बुटवल उपमहानगरको क्षेत्रभित्र रोक्न पाइने छैन भने सामान अनलोड वा अपलोड गर्ने ढुवानीका साधनले सुरक्षा सावधानी अपनाई सुरक्षाकर्मीको रोहवरमा मात्र लोड अनलोड गर्न पाउने छन् ।
लकडाउन अवधिमा सार्वजनिक एबं निजी, चारपाँग्रे तथा दुइपाँग्रे सवारी साधन तथा ठेला, साइकल जस्ता साधन प्रयोग गरी कुनै पनि ब्यापार गर्न पाइने छैन । फुटपाथ, सडकपेटी, हाटबजारलगायत सार्वजनिकस्थलमा राखेर कुनैपनि वस्तु वा सेवा विक्री गर्न पाईने छैन भने नेपाल सरकारले संचालन गर्न नपाइने भनी रोक लगाएका अन्य सवै क्रियाकलापहरु संचालन गर्न पाइने छैन ।
लकडाउन अवधि प्रारम्भ हुन अघि नै बुटवल आउनुपर्ने ब्यक्तिहरु आईसक्न र बुटवल छोड्ने ब्यक्तिहरुले छोडिसक्न पनि उपमहानगरपालिकाले अनुरोध गरेको छ । नगरका १९ वटै वडा कार्यालयबाट कोभिड संक्रमण र दैवीप्रकोपसंग सम्वन्धित आवश्यक सिफारिस बाहेक अन्य सेवा वन्द गरिने छ ।

प्रकाशित मिति : शुक्रबार, साउन ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij