कानून संशोधन गरेर स्थानीय तहका जनप्रतिनिधिको सुविधा बृद्धि लज्जाजनक :अभिभावक संघ

कानून संशोधन गरेर स्थानीय तहका जनप्रतिनिधिको सुविधा बृद्धि लज्जाजनक :अभिभावक संघ

बुटवल -प्रदेश सरकारले कानून संशोधन गरेर स्थानीय तहका पदाधिकारी र सदस्यको सेवा सुविधा बढाएको प्रति अभिभावक संघ रुपन्देहीले लज्जाजनक भनेर टिप्पणी गरेको छ ।
संघका अध्यक्ष तथा केन्द्रिय सदस्य लोकनाथ ज्ञवालीेले विज्ञप्ति जारी गरि कतिपय मुलुकमा जनप्रतिनिधिले कुनै सुविधा नलिएको नजिर रहेको र नेपाल जस्तो कमजोर अर्थतन्त्र भएको मुलुकमा जनप्रतिनिधिलाई यसरी आफू खुशी शीर्षकमा रकम छुट्टाएर मासिक रुपमा रकम बांड्नु अनुचित भएको टिप्पणी गर्नु भयको छ ।
प्रदेश सरकारको यस्तो रवैयाले राजनीति प्रति नै वितृष्णा जगाएको भन्दै जनप्रतिनिधिहरु सेवा गर्ने भावनाले जानुपर्छ, राज्यबाट लिनका लागि जाने होइन उहाँको कथन रहेको छ । जनप्रतिनिधिलाई विभिन्न शीर्षकमा राज्यकोषको रकम बांड्ने परिपाटीले भविष्यमा वडा अध्यक्ष बन्नकै लागि लुछाचुंडी हुने र लाखौं खर्च गरेर टिकट किन्ने र चुनाव लड्ने गलत परिपाटी विकास हुने खतरा बढेको अध्यक्ष ज्ञवालीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जनप्रतिनिधिको सुविधामा भारी बृद्धि गरेर प्रदेश सरकारले गलत नजिर स्थापित गरेको समेत उहाँले बताउनु भयो । कोभिड १९ का कारण संस्थागत विद्यालयमा काम गर्ने शिक्षक कर्मचारीको चुलो बल्ने अवस्थामा समेत समस्या आउन थालेको वेलामा प्रदेशका जनप्रतिनिधीले सुबिधा बढाएर लिनु गलत भएको उहाँले औल्याउनु भएको छ ।
शिक्षकले अनलाईन पढाईरहेको र कर्मचारी काम नभएपनि विद्यालयमा आउने गर्दा समेत उनिहरुले खाईपाई आएको सुविधा नपाउदाँ सरकार मुक दर्शक भएकोे टिप्पणी गदै लामो समयको लक डाउनवाट परेको समस्याको सवालमा विद्यालय संचालक गम्भिर बन्न अध्यक्ष ज्ञवाालीले माग गर्नु भएको छ । केही संस्थागत विद्यालयले पनि शिक्षक कर्मचारीलाई पुरा सेवा सुबिधा नदिएको प्रति संघको गम्भिर ध्यानकर्षण भएको जनाईएको छ । अब स्थानीय तहका पदाधिकारी र सदस्यहरुले विगतमा बुझ्दै आएको मासिक रकम भन्दा धेरै हुने गरी विभिन्न १४ शिर्षकमा रकम लिन पाउने भएका छन् ।

 

प्रकाशित मिति : शुक्रबार, साउन ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij