बुटवल-बुटवल उपमहानगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखा परेपछि नगरका सेवा अनिश्चतकालका लागि बन्द गरिएको छ । नगरले एक सूचना जारी गर्दै अर्को सुचना जारी नभएसम्म स्वास्थ्य, दमकल र सरसफाई बाहेकका काम बन्द गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्माले बताउनुभयो।
उपमहानगरमा बैंक तथा वित्तीय संस्थाहरुमा बढी संक्रमण देखिएकाले आइतबार देखिनै लागु हुने गरि बैंक तथा वित्तीय संस्थाहरुलाई अनलाईन बाहेकका सबै सेवाहरु बन्द गर्न उपमहानगरपालिकाले अनुरोध गरेको छ ।
बुटवल उपमहानगरमा पछिल्लो २ दिनमा मात्र समुदाय स्तरमा ४० जनाको संख्यमा संक्रिय कोरोना संक्रमित थपिएका छन् ।
प्रकाशित मिति : आइतबार, साउन ३२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्