बुटवल
रुपन्देहीमा एकदिनमा हालसम्मकै सबैभन्दा बढी ५६ जना कोभिड–१९ संक्रमित थपिएका छन्।
५६ जना थपिएसँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या ४ सय ९४ पुगेको छ। समुदाय स्तरमा संक्रमण फैलिएसँगै हाल सम्मकै बढी ५६ जना संक्रमित आइतबार थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ।
आइतबार राती ८ बजेसम्म रुपन्देहीका ८ पालिकाका ५६ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहका अनुसार आइतबार बुटवल उपमहानगरपालिकाका २३ जना, सिद्धार्थनगरका १२ जना, तिलोत्तमाका ११, सियारीका ४, ओमसतियाका १, देवदह १, कञ्चन १ र मायादेवीका ३ जनामा संक्रमण देखिएको छ।
आज बढेका संक्रमितसहित रुपन्देहीको पालिकास्तरमा लुम्बिनी सांस्कृतिक नगरपलिकामा ६१, तिलोत्तमा नगरपालिकामा ६१, बुटवल उपमहानगरपालिकामा ८१, सैनामैनामा ४३, सिद्धार्थनगरमा ६०, सम्मरीमाईमा २७, गैडहवामा २६, कोटहीमाईमा २६, कञ्चनमा २५, मायादेवीमा २०, देवदहमा १८, मर्चवारीमा १५, रोहिणीमा ८, शुद्धोधनमा ८, सियारीमा १२, ओमसतियामा २ र रुपन्देही बस्ने ठेगाना नखुलेको १ जनामा संक्रमण देखिएको छ।
प्रकाशित मिति : आइतबार, साउन ३२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्