हङकङमा नयाँ सङ्क्रमित देखिन थालेपछि थप प्रतिबन्धकाे घाेषणा

हङकङमा नयाँ सङ्क्रमित देखिन थालेपछि थप प्रतिबन्धकाे घाेषणा

काठमाण्डौ
हङकङमा आज ४४ जना नयाँ सङ्क्रमित थपिएका छन् । सङ्क्रमण बढ्न नदिन सरकारले शारीरिक दुरीको नयाँ नियमको घोषणा गरेको छ ।
यद्यपि पछिल्लो केही हप्तायता हङकङमा सङ्क्रमणको दरमा कमी आएको छ तर प्रशासनले नागरिकहरुलाई अवस्था अझै गम्भीर रहेको भन्दै सचेत रहन चेतावनी दिएको हो ।
हङकङ सरकारले सोमबार लगाएको नयाँ प्रतिबन्ध अनुसार साँझ ६ बजेपछि रेस्टुरेन्टमा खाना खान प्रतिबन्ध लगाइएको छ । यसका साथै सबै सार्वजनिक ठाउँमा मास्क लगाउन २५ अगस्टसम्म अनिवार्य गरिएको छ ।आज थपिएका ४४ सङ्क्रमितमध्ये ३१ जनामा समुदायस्तरबाटै सङ्क्रमण सरेको हो । गएको जनवरीपछि हङकङमा चार हजार पाँच सयभन्दा धेरै सङ्क्रमण पुष्टि भएको छ भने अहिलेसम्म ६९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : सोमबार, भाद्र १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij