तौलिहवा ।
कपिलवस्तुमा माक्स लगाउन आग्रह गर्ने प्रहरीमाथि निर्घात कुटपिट गरिएको छ । जिल्लाको शुद्धोधन गाउँपालिकाको लवनी चौराहामा मास्क नलगाएर हिडने युवाहरुलाई कारबाही गर्न खोज्दा तीन प्रहरीमाथि कुटपिट भएको हो ।
लवनी प्रहरी चौकीमा कार्यरत हवल्दारसहित ३ जनाको स्थानीयको कुटाईबाट टाउकोमा गम्भीर चोट लागेको छ ।
घटनामा घाईते भएका प्रहरी हवल्दार बिनोद कुमार बरुण, प्रहरी जवानहरु जियावन कोहार र महेन्द्र यादवको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
ओरापीको पहिचान भएको भएपनि उनीहरु फरार रहेको प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । आरोपीहरुको खोजी भईरहेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : सोमबार, भाद्र १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्