मालीमा संसद र सरकार भंग

मालीमा संसद र सरकार भंग

सैन्य कूको प्रयास गर्दै सुरक्षाकर्मीले बन्धक बनाएपछि अफ्रिकी देश मालीका राष्ट्रपति इब्राहिम बोउबाकार केइताले राजीनामा दिएका छन्।

उनलाई त्यहाँका सुरक्षाकर्मीले मंगलबार बन्धक बनाएको बीबीसीले जनाएको छ । टेलिभिजनमार्फत सम्बोधन गर्दै राष्ट्रपति केइताले सरकार तथा संसदसमेत भंग गरेको घोषणा गरेको छ । उनले रगत नबगोस् भनेर आफूले सत्ता परित्याग गरेको घोषणा गरे ।

राष्ट्रपति इब्राहिम बोउबाकार केइता र प्रधानमन्त्री बोउबोउ सिसेसहित शीर्ष अधिकारीलाई सुरक्षाकर्मीले राजधानी बामाको नजिकै रहेको सैन्य क्याम्पमा बन्धक बनाएका हुन् । मालीका सैनिकमा पारिश्रमिकलाई लिएर आक्रोश छ । यस्तै बिद्रोहीसँग लगातार बढ्दै गएको हिंसा तथा राष्ट्रपतिसँग पनि सैनिक असन्तुष्ट रहेका छन् ।

सैनिकले मंगलबार आदेश अस्वीकार गरी राष्ट्रपति, प्रधानमन्त्रीसहितलाई नियन्त्रणमा लिएको घटनाको अन्तर्राष्ट्रिय स्तरमा आलोचना भइरहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, भाद्र ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij