सुरक्षित रुपमा चाडपर्व मनाउन मन्त्री बरालको आग्रह

सुरक्षित रुपमा चाडपर्व मनाउन मन्त्री बरालको आग्रह

 

बुटवल – सामाजि विकास मन्त्री सुदर्शन बरालले महिलाहरुको महान चार्ड हरितालिका (तीज) पर्वको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।

तिजको पुर्व सन्ध्यामा वुधवार शुभकामना सन्देश संप्रेषण् गर्नुहुदै कोभिड १९ लाई मध्यनजगर गरी जारी गरिएको मापदण्डलाई पालना गरी पर्व मनाउन अनुरोध गर्नु भएको हो ।

प्रदेश सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणको प्रयास गर्दा गर्दे पनि पनि समाजमा यसको संक्रमण दर बढिरहेकोले जनाउदै जनस्वास्थ्यमा पर्नसक्ने थप नकारात्मक असर आउन नदिन सबैको पहलकदमी आवश्यक रहेको जनाउनु भएको छ ।

मन्त्री बरालले शुभकामना सन्देश तथा अपिलमा भनिएको छ – यसमा प्रदेश सरकार गम्भीर भएको छ । जन जीवन आजिविका र जन स्वास्थ्यलाई विशेष ध्यान दिनु सरकारको जिम्मेवारी हो भने सभ्य समाजको कर्तव्य पनि हो।‘ यस महामारीको क्षणमा हामीले बर्षौँदेखि मनाउँदै आईरहेका साँस्कृतिक एवं धार्मिक महत्वका चाडपर्व जात्रा महोत्व आदि मनाउँदा विशेष स्वास्थ्य सुरक्षा सावधानी अपनाउन उहांले अपिल गर्नु भएको हो । कोभिड १९ रोकथामको प्रभावकारी उपाय भनेको अनावश्यक हिँडडुल नगर्नु र सरसफाईमा जोड दिनु नै रहेको उल्लेख गर्दे मन्त्री वरालले सकेसम्म यस किसिमका जमघट हुने चाड पर्वहरु मनाउँदा घरपरिवार मात्र मिलेर मनाउनुहुन, चेलीबेटीहरु घर( माईत जाने काम यस महामारीको बेलामा नगर्नुहुनका कोभिड १९ को सन्दर्भमा पालना गर्नुपर्ने जनस्वास्थ्यका अत्यावश्यक मापदण्ड,२०७७ र चाडपर्व जात्रा तथा उत्वसहरु मनाँउदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड, पालना तथा अवलम्बन गर्नुहुन सर्वसाधारण सबैमा अनुरोध गनु भएको छ ।

पर्वहरु मनाउँदा आफु, आफ्नो परिवार र समाजको स्वास्थ्यमा समेत ख्याल गरिदिनुहुन यस मन्त्रालय समाजका सबै तह र तप्काका बुद्धिजिवी, अधिरकारकर्मी, नागरिक समाज र आम सर्वसाधारणहरुमा हार्दिक अपील गर्दछ। श्ुभकामना सन्देश तथा अपिलमा उल्लेख गरिएको छ ।

 

 

प्रकाशित मिति : बुधबार, भाद्र ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij