JanataToday.com

Advertisment

SKIP THIS

विश्वमा संक्रमित संख्या दुई करोड २५ लाख बढी

विश्वमा संक्रमित संख्या दुई करोड २५ लाख बढी

विश्वमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या दुई करोड २५ लाख ५५ हजार छ सय ६२ पुगेको छ ।

एकै दिन दुई लाख ५८ हजार दुई सय नौ जना नयाँ संक्रमित थपिएका छन् । कोरोनाकै कारण विश्वमा सात लाख ८९ हजार नौ सय ४८ जनाको मृत्यु भइसकेको छ । एकै दिन छ हजार चार सय २९ जनाले ज्यान गुमाए ।

एक करोड ५२ लाख ८६ हजार दुई सय ६० जना उपचारपछि निको भएका छन् । ६४ लाख ७९ हजार चार सय ५४ जना उपचाररत रहेकोमा ६२ हजार २९ जनाको अवस्था गम्भीर छ ।

सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या ५६लाख ९८ हजार सात सय १४ पुगेको छ । एक लाख ७६ हजार दुई सय ८३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै एक हजार दुई सय नौ जनाले ज्यान गुमाए ।

३० लाख ५७ हजार नौ सय ९१ जनाले उपचारपछि कोरोना जितेका छन् । २४ लाख ६४ हजार चार सय ४० जना उपचाररत रहेकोमा १६ हजार नौ सय ६९ जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा एकै दिन ४८ हजार पाँच सय ४१ नयाँ बिरामी थपिएसँगै संक्रमित हुनेको संख्या ३४ लाख ६० हजार चार सय १३ पुगेको छ । एक लाख ११ हजार एक सय ८९ जनाले ज्यान गुमाएका छन् । एकै दिन एक हजार एक सय ७० जनाको मृत्यु भयो ।

२६ लाख १५ हजार दुई सय ५४ जनाले उपचारपछि कोरोना जितेका छन् । सात लाख ३३ हजार नौ सय ७० जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा मात्रै ६९ हजार एक सय ९६ संक्रमित थपिएपछि जम्मा संक्रमित संख्या २८ लाख ३५ हजार आठ सय २२ पुगेको छ । ५३ हजार नौ सय ९४ जनाको कोरोना कारण मृत्यु भइसकेको छ ।

२० लाख ९६ हजार ६८ जना उपचारपछि घर फर्किएका छन् । छ लाख ८५ हजार सात सय ६० जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij