नेकपा नेता नेपालको सुरक्षामा खटिएका ९ जना प्रहरीमा कोरोना पुष्टि

नेकपा नेता नेपालको सुरक्षामा खटिएका ९ जना प्रहरीमा कोरोना पुष्टि

 काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको गौतमले बताए ।

गत बिहीबार उनीहरुको स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षण रिपोर्ट शुक्रबार राति आएको थियो ।

प्रकाशित मिति : शनिबार, भाद्र ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij