बुटवल-नेपालमा कोरोना संक्रमण बढेसँगै फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरु पनि उत्तिकै जोखिममा रहेका छन् ।नेपालमा पहिलो पटक वैशाख ३० गते कपिलवस्तु स्थित एक अस्पतालमा कार्यरत नर्समा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि भने स्वास्थ्यकर्मीमा संक्रमण देखिने संख्या बढ्दो देखिन्छ ।अस्पतालबाट मात्रै संक्रमण हुन्छ भन्ने धेरैको बुझाइ छ । त्यही सोचेर उनीहरु स्वास्थ्यकर्मीलाई छि–छि, दुर–दुर गर्छन् ।

कपिलवस्तु पिपरा अस्पताल मा कार्यरत हेल्थ असिस्टेन्ट सुवास अर्याल उहा भन्नुहुन्छ म आफू एक जना माहामारीको रोकथाम र नियन्त्रणका लागि धेरै ठाउमा जोडीने मौका पाई सेवा गर्न पाउदा धेरै नै खुसी र अफ्नो पेसा प्रति अति नै गौरवान्वित छु । सुरु सरुमा जब लकडाउन भयो त्यति बेला जनमानस साथै हामीमा पनि धेरै डर थियो कि यो कोरोना भाइरस कस्तो प्रकार को यसले कुन रुप लिने हो जतिबेला विभिन्न अनुसन्धान हरु भैरहेको थियो ।तर चाइनाको स्थिती भने भयावह थियो । त्यति बेला स्वास्थकर्मीले बिरामी न छुने खबर आउदा मलाइ पनि बिरामी छुदा मलाइ केही हुने त होइन भन्ने डर थियो तर जब दिन बित्दै गयो हप्ता १० दिन पछि मानिसहरु कोभिड १९ रोग भन्दा यसको त्रास र अरु कारणले थलिन लागे त्यस पछि म मा त्यो डर हरायो र अब यो पेसा जागिर तलबका लागि भन्दा सेवाका लागि हो र अझ कोभिड माहामारीमा अफ्नो तर्फ देखि पुर्णसाथ दिन इच्छा लाग्यो।
जति बेला हामी सामान्य सर्जिकल मास्क मा मात्र काम गर्ने गरिन्थ्यो। केही समय पछि मैले स्थानीय रुपमा बनाइएका गाउन पि पि ए पाए र केही समय त्यही लगायर काम पनि गरे तर पछि गर्मी मौसम अनि त्यही पिपिए धेरै दिन प्रयोग गर्नु पर्ने अस्पतालमा दैनिक धेरै बिरामीसंग सम्पर्क आउनु पर्ने र प्रत्येक बिरामी हेरे पछि गोल्बसका साथै अरु सामाग्री परिबर्तन गर्नु पर्ने भएकाले जुन त्यो अवस्थामा सामाग्री अभावका कारण सम्भब नरहेको मैले प्रयोग गरेका सामाग्री नै भाइरसका सम्बाहक र बिरमीलाई खतरा जस्तो लाग्यो र मैले सामान्य तरिकाले आफू र बिरामी को सुरक्षा लाई ख्याल राखी मास्क अनि गोल्बस सेनिटाइनर प्रयोग गरि अनि बिरामी बिरामी बिच भौतिक दुरि कायम गर्न लगाइ बिरामी जाँच गर्नु पर्ने आवश्यक ठाने तर यसो गर्दा तपाईंले हामीलाइ नजिक न आइज भन्ने वास्ता नगर्ने जस्ता कुरा सुन्नमा आयो र कतिपय ठाँउमा स्वास्थका ठग कर्मचारी भन्ने जस्ता गाली पनि खाइयो । हामीजस्ता स्वस्थ्यकर्मी घर अस्पताल आउदा जादा समाजले हामीलाइ हेर्ने कामीमात्र नभई हाम्रा परिवार लाई हेर्ने नजर र गरिने व्यवहारमा धेरै फरक पाए ।
मैले हेरेका केहि संक्रमित ब्यक्तीहरु र उसका परिवार प्रती समाजले गरेको ब्यवहार देख्दा साचिकै मानवता हराए जस्तो लाग्यो र आफुलाइ कहिलै नपर्ने गरि मानिसले अरुलाई गरेको ब्यबहार देख्दा दुख लाग्यो । हाम्रो पेसाका कारण हामी र हाम्रो परिवार पर्ती जे जस्तो ब्यवहार गरे पनि मलाइ मेरो काम प्रति परिवारको पुर्ण समर्थन छ राम्रो सङ ख्याल गरि काम गर्नु बाबु ऐलेै तिमिहरुको खाचो छ तिमिहरुले नगरे कस्ले गर्ने त भन्ने यिनै शव्दले मलाइ हौसलाले तागत दिएको छ । बिगत ६ महिना देखि को माहामारीमा मैले अस्पतालमा कामका साथै समय समयमा आवश्यकक पर्दा क्वारेनटाइन का साथै आइसुलेसन हेर्ने मौका पाएको छु । साथै कोरोना जाचका लागि गरिने स्वाब संकलन पनि जोडिने मौका पनि पाए । तर कोरोनाको माहामारीमा अफ्नो जीवन प्रवाह नगरि सेवा गर्ने स्वस्थ्यकर्मी माथी गरिने द्रुव्यबहार मेरो र हामी समस्त स्वस्थ्यकर्मीहरुको मनोबल घटाउने काम गर्दछ यस्ता अमानवीय कार्यले स्वास्थ्यकर्मीको मनोबल गिराएको छ। विभिन्न अभावमा पनि ज्यान जोखिममा राखेर काम गर्ने स्वास्थ्यकर्मीमाथि भएका यस्ता व्यवहारप्रति सरकारले समेत बेवास्ता गरेको छ।कोरोना आज वा भोलि सकिने होइन। यो लामो समय जान्छ भनेर विश्व स्वास्थ्य संगठनले समेत भनेको अवस्थामा समाजमा बस्ने सबै मिलेरै लड्नुपर्ने छ ।

हामी दिनरात नभनी कसको लागि काम गरिरहेका छौँ कस्का लागि तपाइका लागि तर तपाइ चाहिँ अस्पतालबाट घर आउँदा, कोठा आउँदा हामीबाटै सर्छ भनेर हामीलाई लखेट्ने जस्ता अनावीय व्यवाहारले गरेको देख्दा साह्रै दुख लाग्छ भन्नुहुन्छ मानपकडी हेल्थपोष्ट का हेल्थ असिस्टेन्ट रिम बहादुर सुनार । हो म पनि पहिला कोरोना भाइरस भन्ने साच्चिकै डर लाग्दो रोग रहिछ भन्ने लाग्थ्यो तर पछिल्लो अवस्थाका मानिसहरुको व्यवहार देखेर छक्क पर्छु फेरि कोरोना भाइरस, घर जाँदैमा टोलमा जाँदैमा फैलिइहाल्ने वा सरिहाल्ने पनि होइन। हामीलाई थाहा छ, कसरी बच्ने भनेर। हामी संक्रमितलाई उपचार गरी निको बनाउने मान्छे आफैं सार्दै हिँड्ने काम गर्छौं होला सबै सुरक्षाका कुरा अपनाएका हुन्छौँ। यस्तो कुरा सबैले बुझुनु अति जरुरी रहन्छ । तर, त्यो सही सोच होइन ।केवल पैसाको लागि काम गर्ने पेसा होइन हाम्रो पेशा। सुनार भन्नुहुन्छ संक्रमितको उपचारमा खटिने सबैभन्दा बढी जोखिममा स्वास्थ्यकर्मीनै रहेका छन् । उनीहरु नै संक्रमित भए नियमित स्वास्थ्य सेवा लिन जाने व्यक्तिमा पनि संक्रमणको जोखिम बढ्छ ।समाजले पनि साथ दिनुपर्छ, उनीहरुले झन् हाम्रो स्वास्थ्यको लागि काम गरिरहनुभएको छ भनेर प्रोत्साहन गर्नुपर्ने हो। पर्याप्त मात्रा पिपिई छैन, जोखिम भत्ता पाएका छैनन्, कतिपय स्वास्थ्य संस्थामा पूर्ण रुपमा तलब समेत पाएका छैनन्। यस्तो बेलामा यस किसिमको घटना हुँदा स्वास्थ्यकर्मी झन् कमजोर हुन सक्छन्, मनोबल घट्दै जान्छ।
कोभिड–१९ को संक्रमणबाट बँच्न र बचाउन बेलैमा पर्याप्त तयारी होस् र सबैमा संक्रमणबाट बँच्ने सही सूचना पुग्ने वातावरण होस् भन्दै सरोकारवाला निकायलाई झक्झक्याउँदा पनि नेपालमा संक्रमणको पारो दिनप्रतिदिन उकालो लागेको छ। त्यसैले आफू र आफ्नो परिवारलाई जोगाउने पहिलो दायित्व प्रत्येक व्यक्तिको छ। सचेत हुँदाहुँदै पनि कुन बेला कसरी कोरोना भाइरसको चपेटा परिन्छ भन्ने अनुमान लगाउन मुस्किल छ। सरकारको काम गराइएको अवस्था हेर्दा ‘जोगाउला’ भन्ने भरोसा उठ्न थालेको छ। यस्तो बेला भरोसा गर्न सकिने एकमात्र ठाउँ अस्पताल हो र यिनै स्वास्थ्यकर्मी हुन्।
टोलमा संक्रमितको उपचारमा खटिनेको डेरा छ भन्ने सुन्दा आतंकित हुन्छौं हामी। त्यसको परिणाम यो लज्जास्पद हो । तर, संक्रमित भएको जान्दाजान्दै उपचार गर्न कसरी तम्सिरहेका होलान् यी स्वास्थ्यकर्मीहरु? यही समाजप्रतिको जिम्मेवारीबोधले न हो। मानवीयतालाई प्राथमिकतामा राखेर न हो। तर, हाम्रा लागि जोखिम मोल्नेहरुका लागि हामी मानवीय व्यवहार गर्न सक्दैनौं? महामारीविरुद्ध लडिरहेका यी सिपाहीहरुलाई निरुत्साहित गरेर कसरी जितिएला कोरोनाविरुद्धको लडाइँ? समाजले महसुस गर्नुपर्ने बेला भएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत नर्स श्रृजना नेपाल भन्नुहुन्छ कोरोना एकदम पिकमा पुगेको बेलामा पनि हामी स्वास्थ्यकर्मीहरु अस्पताल जान छाडेका छैनौं । जब बिश्व माहामारी रुपका कोभिड १९ भैलिएको समाचार अनि नेपालका नि देखिएको अवस्था थियो म धेरै डराउथ्थे यो रोग ले के गर्ने होला भन्ने डर त्रास हुन्थ्यो, एकदम होसियारीका पूर्वक काम गर्दथ्यौ, कोठामा जादा नि घरबेटीले केही भन्छ कि छरछिमेकले के भन्छ भन्ने डर मात्र भइरहने हुन्थ्यो अस्पताल आउदा जादा आफुलाई अरुले हेर्ने हेराइ आर्के लाग्ने रोग सार्ने हो भन्ने जस्तो व्यवहार देखाउने तर अहिले म आफूमा गर्व गर्छु उहा भन्नुहुन्छ स्वास्थ्यकर्मीले जसरी सेवा गरिरहेका छौं अप्ठेरो पर्दा हामीले पनि समाजबाट त्यही अपेक्षा राख्छौं । त्यसैले सबै संक्रमितलाई सकिन्छ भने सहयोग गरौं तर भेदभाव नगरौं ।भोलि कसैलाई सन्चो बिसन्चो परे जाने अस्पतालमै हो । अनि यहाँ उपचार गर्ने हामी जस्तो स्वास्थ्यकर्मीले नै हो । त्यसैले यस्तो विषम परिस्थितिमा घरपरिवार केही नभनी खटिएका लाई सहयोग गर्नुभयो भने हामी थप उत्साहका साथ काममा खटिन सक्छौं । सजग र सचेत नभए ठूलो दुर्घटना निम्तिन सक्ने खतरा औल्याउँछन् । लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत श्रृजना नेपालको भनाइ रहेको छ ।
महामारीसँग लड्न अग्रभागमा खटिएका स्वास्थ्यकर्मीलाई कोरोनाको जोखिम उच्च छ । संक्रमित स्वास्थ्यकर्मीका घरमा ब्यानर टाँस्न जाने, गाडीको सिसा फुटाइदिने, भौतिक आक्रमण गर्ने जस्ता हिंस्रक कार्य बढिरहेका छन्।
मन्त्रालयले बिरामीहरुको सेवामा अहोरात्र खटेका स्वास्थ्य सेवा प्रदायकमाथि भएको घटनालाई लक्षित गरी आपत्ति जनाएको हो।
अबदेखि स्वास्थ्यकर्मीमाथि आक्रमण भएमा स्वास्थ्य सुरक्षा ऐन बमोजिम कारवाही हुने स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताउनुभएको छ।
विभिन्न अभावमा पनि ज्यान जोखिममा राखेर काम गर्ने स्वास्थ्यकर्मीमाथि भएका यस्ता व्यवहारप्रति सरकारले समेत बेवास्ता गरेको छ।कोरोना आज वा भोलि सकिने होइन। यो लामो समय जान्छ भनेर विश्व स्वास्थ्य संगठनले समेत भनेको अवस्थामा समाजमा बस्ने सबै मिलेरै लड्नुपर्ने छ। यस्तो अवस्थामा हामी स्वास्थ्यकर्मीलाई मानिसहरुले दुव्र्यवहार गर्नु निकै दुखद र आपत्तिजनक छ।
प्रकाशित मिति : मंगलबार, भाद्र ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्