धादिङ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन पहिरो गएको स्थानको भित्री तथा माथिल्लो भागबाट नयाँ ट्र्याक खोल्ने काम तीव्र पारिएको छ
हालसम्म दुवैतर्फ गरी करिब २५२ मिटर अस्थायी ट्र्याक खनिएको सडक बिभागले जानकारी दिएको छ । दुवैतर्फबाट खनिएको ट्र्याक जोडिइसकेको छ भने उक्त ट्र्याकबाट उत्खननका लागि प्रयोग हुने मेसिन आवतजावत गर्न सक्ने गरी प्रारम्भिक बाटो तयार गरिएको हो ।
सडक विभागका अनुसार यो तत्कालका लागि मेसिन सञ्चालन गर्न बनाइएको प्रारम्भिक ट्र्याक भएकाले डिजाइनअनुसार सावधानीपूर्वक काम भइरहेको छ ।
पहिरो गएको स्थानको अवस्थाअनुसार सडकको माथिल्लो भागबाट करिब २७ मिटर माथि हुँदै नयाँ बाटो खोल्ने योजना छ। यसका लागि कुल करिब ३७० मिटर नयाँ बाटो निर्माण गरिने योजना बनाइएको छ । नयाँ सडक करिब ७ मिटर चौडा बनाउने विभागले बताएको छ ।
बाटो खोल्ने क्रममा बिहीबारदेखि रुख काट्ने तथा सडक छेउमा रहेका तारजालीका संरचना हटाउने कामसमेत सुरु गरिएको थियो । यातायात सञ्चालन सहज बनाउन नयाँ ट्र्याक निर्माणको कामलाई तीव्रता दिइएको सडक विभागले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, भाद्र २० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्