भोटेकोशी बाढीको ११औँ दिनमा आज दुई जनाको जीवितै उद्धार

भोटेकोशी बाढीको ११औँ दिनमा आज दुई जनाको जीवितै उद्धार

काठमाण्डाै  – भोटेकोशी नदीमा बाढी आएको ११औँ दिनमा आज दुई जनाको जीवितै उद्धार गरिएको छ ।

उद्धारकर्मीहरूले एक जनाको घरबाट र एक जनाको जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन् ।

सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका – १० बेत्रावतीमा रहेको आनन्द श्रेष्ठको ४ तले घरको चौथो तलाबाट उहाँकी श्रीमती चन्डिका श्रेष्ठको जीवितै उद्धार भएको छ ।

इन्सपेक्टर सुमन विकको कमान्डको टोलीले श्रेष्ठको उद्धार गरेको हो । यस्तै २१६ मेगावाटको माथिल्लो त्रिशूली – १ जलविद्युत् आयोजनाको अडिट ४ सुरुङबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार भएको छ ।

नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसअघि हिजो अर्थात् बाढी आएको १०औँ दिनमा माथिल्लो त्रिशूली -३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको थियो ।

प्रकाशित मिति : शनिबार, भाद्र २० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij