क्रिमशन अस्पताल मणिग्राममा कार्यरत नर्समा कोरोना संक्रमण देखिएपछि ओपिडी बन्द

क्रिमशन अस्पताल मणिग्राममा कार्यरत नर्समा कोरोना संक्रमण देखिएपछि ओपिडी बन्द

बुटवल -रुपन्देहीको तिलोत्तमा नगरपालिकाको क्रिमशन अस्पतालमा कार्यरत एकजना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको ओपिडी विभागमा कार्यरत स्टाफनर्समा कोरोना पुष्टि भएपछि ओपिडी शाखा बन्द गरी त्यहाँ कार्यरत कर्मचारी एवं चिकित्सकलाई निगरानीमा राखि परीक्षणको क्रम अगाडि बढाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
ती स्टाफ नर्स केही दिनदेखि ज्वरोका कारण घरमै बसेकी थिइन् । तर शंका लागेर बुटवलको नेशनल प्याथल्यावमा परिक्षण गराउँदा पोजेटिभ देखिएको नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत गणेश गौतमले बताउनु भयो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई नगरपालिकाले तयार गरेको आइसोलेशनमा पठाइएको छ ।
उनमा कोरोना संक्रमण पुष्टि भएपछि परिवारका सदस्यहरुलाई होम आइसोलेशनमा बस्न आग्रह गरिएको गौतमले बताउनु भयो । तिलोत्तमा नगरपालिकामा बुधबार मात्रै १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
समुदायस्तरमा कोरोनाको संक्रमण फैलिएसँगै नगरपालिकाले गरेको कन्ट्रयाक्ट ट्रेसिङका आधार संकलन गरेको स्वावको रिर्पोट अनुसार तिलोत्तमामा १४ जना नयाँ संक्रमित थपिएको नगरपालिकाका प्रबक्ता सुरेन्द्र श्रीले जानकारी दिनु भयो ।
नयाँ थपिएका संक्रमितहरुमा तिलोत्तमा वडा नम्बर ३ का ७ जना, वडा नम्बर २ का ६ जना र वडा नम्बर १५ का १ जना छन् । यसमध्येका केही व्यक्ति समुदाय स्तरबाट संकलन गरिएको स्वावबाट संक्रमण पुष्टि भएको प्रवक्ता श्रीले बताउनु भयो । तिलोत्तमा नगरपालिकाका अनुसार नयाँ संक्रमित थपिएसँगै तिलोत्तमामा ९० जनामा संक्रमण पुष्टि भएको छ भने ३८ जना संक्रमण मुक्त भएर घर फर्केका छन् ।

प्रकाशित मिति : बिहिबार, भाद्र ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij