कञ्चनमा कोरोना भाइरसबाट संक्रमितहरुलाई आत्मवल बढाउन क्वारेन्टाइन भेटघाट

कञ्चनमा कोरोना भाइरसबाट संक्रमितहरुलाई आत्मवल बढाउन क्वारेन्टाइन भेटघाट

कञ्चन
कञ्चन गाउपालिकाले आफ्नो गाउपालिकामा कोरोना भाइरसबाट संक्रमितहरुको घर घरमा गई भेटघाट गरी स्वास्थ्य अवस्थावारे अनुगमन गरेको छ।कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री,उपाध्यक्ष गोमा तरामू,प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थी, स्वास्थ्य शाख प्रमुख राम प्रसाद गौतम,रुद्रपुर स्वास्थ्य चौकीका इन्चार्ज बिमला पाण्डे,इलाका प्रहरी कार्यलय,रुद्रपुरका प्रहरी निरीक्षक इन्द्रप्रसाद चौधरी लगायत स्वाथ्यकर्मीहरुको अनुगमन टोलीले कोरोना भाइरस संक्रमित ब्यक्तिहरुलाई घरमै गएर भेटघाट गरी पोषणयुक्त खाने कुरा च्यावनप्रास र रोग प्रतिरोधात्मक औषधी प्रदान गरिएको छ।
कोरोना संक्रमित ब्यक्तिहरुलाई आत्मवल बढाएर मलाई केही हुन्न मैले कोरोनालाई जित्न सक्छु भन्ने मनोवलका साथ सुरक्षित बानी ब्यबहारहरुलाई कार्यान्यवन गर्न सके जुनसुकै रोगबाट पनि बाच्न सकिने बताउनु भएको छ । नियमित मास्क लगाउने,दैनिक साबुन पानीले हात बेलाबेलामा धुने र दैनिक शारिरीक ब्ययाम गर्न सुझाव दिदै परिवारका सदस्यहरुलाई सतर्क हुन र भौतिक दुरी कायम गरी सुरक्षित हुन अध्यक्ष क्षेत्रीले आग्रह गर्नु भएको छ।
यस्तै उपाधयक्ष गोमा तरामुले शारिरीक अशक्तता,मनोवल कमजोर र दिर्घरोगीहरुलाई बढी असर गर्ने भएकोले स साना बालबालिका,अशक्त र दिर्घरोगी भएका ब्यक्तिहरुलाई जोगाउनु पर्ने र भाचैतिक दुरीको अनिावार्य पालना गराउनु पर्नेमा जोड दिनु भएको छ।यसैगरी स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले कोरोना भाइरसको संक्रमणलाई पराजित गर्नको लागि हरेक समय तातो पानी पिउने,साबुन पानीले पटक पटक हात धोइराख्ने,नियमित मास्क लगाउने र भौतिक दुरी कायम गरी पाषिलो खाने कुरालाई सेवन गर्नुपनेमा जोड दिनु भएको छ ।
पछिल्लो समयमा २६ जना जनालाई कोरोना संक्रमित भएका छन भने २६ जना क्वारेन्टाइन र ३० जन बन्दा बढी होम क्वारेन्टाइनमा छिमेकी देश भारत र तेश्रो मुलुकबाट आएका ब्यक्तिहरु रहेका छन ।

प्रकाशित मिति : बिहिबार, भाद्र ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij