मुख्यमन्त्री कार्यालय सहित प्रदेश ५ का ६ सचिबहरुको एकसाथ सरुवा

मुख्यमन्त्री कार्यालय सहित प्रदेश ५ का ६ सचिबहरुको एकसाथ सरुवा

बुटवल ।
प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सहित प्रदेशका ६ मन्त्रालयका सचिबहरुको एकसाथ सरुवा भएको छ ।

संघीय सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ६० जना सहसचिबको सरुवा गर्दा प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिब भरतमणी सुबेदी सहित प्रदेश मन्त्रालयका ६ सचिबको सरुवा गरेको हो ।

प्रदेश ५ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिब भरतमणी सुबेदीलाई संस्कृती,पर्यटन तथा नागरिक उड्यन मन्न्त्रालयमा सरुवा गरिएको छ भने लोक सेवा आयोगका मनोवीज्ञबेत्ता खगेन्द्र प्रसाद सुबदीलाई प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरुवा गरिएको छ ।

सामाजिक विकास मन्त्रालयका सचिब गोपिकृष्ण खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ भने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिबमा सरुवा गरिएको छ ।

प्रदेश ५ को भौतीक पूर्वाधार विकास मन्त्रालयका सचिब नूर मुहम्मद खाँ लाई उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयमा सरुवा गरिएको छ भने उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयका सुशिलचन्द्र तिवारीलाई प्रदेश ५ को भौतीक पूर्वाधार विकास मन्त्रालयका सचिबमा सरुवा गरिएको छ ।

त्यसैगरी प्रदेश ५ का उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयका सचिब राधा वाग्लेलाई संघीय सरकारको वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ भने वन तथा वातावरण मन्त्रालयमा कार्यरत राजेन्द्र केसीलाई प्रदेश ५ को उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको सचिबमा सरुवा गरिएको छ ।

प्रदेश ५ को भूमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिब तेज बहादुर सुबेदीलाई कृषि तथा पशुपंछी विकास मन्त्रालयमा सरुवा गरिएको छ भने कृषि तथा पशुपंछी विकास मन्त्रालयका रेवतीरमण पौडेललाई प्रदेश ५ को भूमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयको सचिबमा सरुवा गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले यही भदौ ९ गतेको मन्त्रीस्तरीय निर्णयबाट एकै पटक ६० सहसचिबको सरुवा गरेको थियो ।

प्रकाशित मिति : बिहिबार, भाद्र ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij