विराटनगर । मानव अधिकार तथा शान्ति समाजको २१ औं राष्ट्रिय परिषद बैठकले उत्तम पुडासैनीको सभापतित्वमा २७ सदस्यीय केन्द्रिय कार्यसमिति निर्वाचित गरेको छ ।
केन्द्रिय कार्य समितिको बरिष्ट उपसभापतिमा गोबिन्द खनाल, उपसभापतिमा बिष्णुप्रसाद चापागाईं, महिला उपसभापतिमा रेणुका पौडेल, महासचिवमा सुशिल बस्नेत तथा सचिवहरुमा प्रदेश १ बाट चन्द्र आङदम्बे, प्रदेश २ बाट अनन्त कोईराला, प्रदेश ३ बाट बाबुहरी आचार्य, गण्डकी प्रदेशबाट श्यामसुन्दर पराजुली, प्रदेश ५ बाट कृष्णबहादुर रावल, कर्णली प्रदेशबाट पुष्पा मल्ल र प्रदेश ७ बाट मदनबहादुर कुँवर निर्वाचित भए ।
यसैगरि सचिव महिलातर्फ रत्नलक्षी श्रेष्ठ, सचिव दलित बाट टेकबहादुर सार्की, सचिव आदिवासी जनजातीमा बलबहादुर गाहा मगर, सचिव मधेशी समूदायबाट परमानन्द चौधरी निर्वाचित भए ।
यसैगरि कोषध्यक्षमा रामकृष्ण बराल तथा सदस्यहरुमा बिकास थापा, क्षमादेवी अधिकारी, सीता श्रेष्ठ, श्याम प्रसाद लामिछाने, दिपेन्द्र राई, लालप्रसाद पंगेनी, मोहन बिश्वकर्मा, रामप्रसाद जोशी, मीना ढकाल र अन्जु गौतम परियार निर्वाचित भए । सबै २७ पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका हुन् ।
यसैबीच शान्ति समाजको नव निर्वाचित केन्द्रिय कार्यसमितिको पहिला बैठकले समाजको सल्लाहकारमा पूर्व सभापवति होमकान्त चौलागाईं र निवर्तमान सभापति डा. गंगाधर अधिकारीलाई मनोनयन गरेको छ भने अनुशासन समितिको संयोजकमा डिक प्रसाद घिमिरे र अपिल समितिको संयोजकमा बटुकृष्ण ढुंगेललाई मनोनयन गरेको छ । साथै केन्द्रिय कार्यसमितिको ६ सदस्यमा गीता तिमल्सिना, गीता श्रीस, सरस्वती ढकाल, नम्रता पौडेल, रेखा राय र बिभु पोखरेललाई मनोनित गरेको छ ।
मोरङको विराटनगरमा मंसिर १४ गते सम्पन्न भएको राष्ट्रिय परिषद् बैठकको उद्घाटन समारोहमा प्रदेश न. १ का प्रमुख माननीय गोविन्दबहादुर तुमबहाङ, प्रदेश न. १ का सभामुख प्रदीप भण्डारी, नेकपाका प्रवक्ता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डे, नेपाली कांग्रेसमा केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गगन थापा, प्रदेश सभा सांसद उमिता बराइली, मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, विराटनगर महानगरपालीकाका मेयर भिम पराजुली, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य जयराम यादव, वरिष्ठ पत्रकारहरु हरिबहादुर थापा, प्रतिक प्रधान र अरुण बरालले मन्तव्य व्यक्त गरेका थिए ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति डा. गंगाधर अधिकारीको सभापतित्वमा सम्पन्न भएको उद्घाटन सत्रमा कवि अर्जुन पराजुली र युवा कवि सुदेश सत्यालले समसामयिक विषयमा कविता प्रस्तुत गरेका थिए भने शान्ति समाजका सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, अधिकारकर्मि सोमराज थापा, निर्वाचन अधिकृत अधिवक्ता भरतबहादुर थापाले मन्तव्य व्यक्त गरे।
सो अवसरमा शान्ति समाज मोरङ शाखाका सभापति डिल्ली बहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने शाखा सचिव भेषराज पोखरेलले धन्यवाद व्यक्त गरे ।
३०० भन्दा बढी शान्तिवादीहरु सम्मिलित राष्ट्रिय परिषदले जगत्मुखी, सेवामुखी उद्देश्य, महिला र बालबालिकाको सुरक्षाका लागि संवेदनशील बन्न आग्रह, संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन आग्रह, मानव अधिकार रक्षक सुरक्षामा संवेदनशील बन्न आग्रह सहित प्रस्तावहरु पारित गरेको छ ।
मंसिर १४ र १५ गते दुईदिनसम्म संचालन भएको शान्ति समाजको केन्द्रिय परिषद बैठकको अन्त्यमा शान्ति काब्य प्रवाहको आयोजना गरिएको थियो । सो अवसरमा पूर्वान्चलबाट १४ जना महिला सहित ३२ जना कबिहरुले कबिता वाचन गरेका थिए ।
प्रकाशित मिति : आइतबार, मंसिर १६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्