काठमाडौं ।
नेपालले विश्व स्वास्थ्य संगठनको मापदण्डभित्र रहेर बनेका र स्वीकृत प्राप्त खोप मात्रै प्रयोग गर्ने भएको छ । रसियाले कोरोनाको खोप विकास गरेको तर विश्व स्वास्थ्य संगठनले स्वीकृत नगरेको समाचारहरु सार्वजनिक भइरहेका बेला सरकारले यसबारे स्ष्पट पारेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. झलक शर्मा गौतमले हालसम्म विश्वमा कोरोनाको खोप पूर्ण रुपमा विकास नभइसकेको भन्दै खोप विकास भइसकेपछि समानताका आधारमा सबै देशले खोप पाउनु पर्ने बताएका छन् । धनि र गरिब देशका अधारमा भन्दा पनि समानताका आधारमा खोप पाउनु पर्नेमा सरकारको जोड रहेको उहाले बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा हिजो उनले विश्वमा हाल कोरोना विरुद्धका ३१ खोप क्लिनिकल ट्रायलमा रहेको बताउनुभयो । १४२ खोप प्रि– क्लिनिकल ट्रायल नन् ह्युमन चरणमा रहेको गौतमले जानकारी दिनुभयो ।
९ वटा खोप क्लिनिकल ट्रायलको तेस्रो फेजमा रहेको जानकारी दिँदै उनले तेस्रो फेजको ट्रायलका लागि नेपालले पनि चासो देखाएको बताउनुभयो।
प्रकाशित मिति : आइतबार, भाद्र १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्