काठमाडौं – सरकारले कोभिड–१९ परीक्षणको शुल्क घटाएको छ ।
सरकारले कोरोना परिक्षणका लागी पीसीआरको शुल्क घटाएर अधिकतम ४ हजार ४ सय मात्रै लिन पाउने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री भानुभक्त ढकालको उपस्थितिमा आज बसेको इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहितको बैठकले पीसीआरको शुल्क घटाएर ४ हजार ४ सय रुपैयाँ मात्रै लिन पाउने निर्णय गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अब कुनै पनि संस्थाले सेवा शुल्कसहित ४ हजार ४ सय रुपैयाँ मात्रै लिन पाउने बताउनुभयो । यसअघि मन्त्रालयले अनुमति प्राप्त गरेका प्रयोगशालाहरुले पीसीआर गर्दा अधिकतम ५ हजार ५ सय रुपैयाँ लिन पाउने र अनुमति नपाएका अस्पतालहरुले स्वाब संकलन गर्दा १० प्रतिशत थप सेवा शुल्क लिन पाउने व्यवस्था गरेको थियो ।
नयाँ शुल्क आइतबारबाटै लागू हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले बताउनुभयो ।
‘निर्धारण गरिएको भन्दा धेरै शुल्क कसैले पनि लिन पाउने छैनन्’, मन्त्रालयको निर्णयबारे जानकारी दिँदै सहप्रवक्ता अधिकारीले भन्नुभयो , ‘अब सङ्क्रमितको सम्पर्कमा आएका र लक्षण देखिएका व्यक्तिको भने निःशुल्क परीक्षण गर्ने निर्णय भएकोे छ।’
सरकारले लक्षण देखिएका व्यक्ति वाहेक अरुको कोरोना परीक्षणमा शुल्क लाग्ने व्यवस्था गरेको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्