बुटवल-तीनवटा मापदण्डका आधारमा मात्र कोरोना भाइरसको निःशुल्क परीक्षण गरिने भएको छ ।
आवश्यकभन्दा अनावश्यकरूपमा धेरै मात्रामा परीक्षण हुन थालेपछि संक्रमितको निकट सम्पर्कमा आएका, लक्षण देखिएका र अग्रभागमा खटेर काम गरिरहेका व्यक्तिहरूको मात्र निःशुल्क परीक्षण गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार यी तीन प्रकारका व्यक्तिबाहेक अन्य व्यक्तिले परीक्षण गराउन चाहेमा शुल्क तिर्नुपर्ने हुन्छ ।
निःशुल्क परीक्षण गर्ने व्यवस्था रहेको हुँदा धेरैजसोले आशंकाको भरमा वा भनसुन गरेर परीक्षण गराउन खोज्नेहरू बढेसँगै मन्त्रालयले परीक्षणको व्यवस्था परिमार्जन गर्ने नयाँ निर्णय लिएको हो । सहप्रवक्ता डा. अधिकारीका अनुसार परीक्षणको व्यवस्था परिमार्जन गरिएसँगै परीक्षणको शुल्क पनि घटाइएको छ । अब अधिकतम चार हजार चार सय रुपैयाँमा परीक्षण हुने बताइएको छ ।
परीक्षणको अनुमति प्राप्त निजी र सरकारी अस्पतालहरूमा घटाइएको शुल्क तिरेर परीक्षण गराउन सकिने सहप्रवक्ता डा. अधिकारीको भनाइ छ । उक्त निर्णय आइतबारदेखि नै लागू गराइएको छ ।
प्रकाशित मिति : सोमबार, भाद्र १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्