बुटवल – रुपन्देहीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।तिलोत्तमा नगरपालिका वडा नं ५ की ६८ वर्षीया महिलाको आइतबार राति मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले पुष्टि गरे।
कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमै बसेकी थिइन्।भदौ ११ गते कोरोना पोजेटिभ रिपोर्ट आएकी ती महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।
प्रकाशित मिति : सोमबार, भाद्र १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्