विदेशबाट कोरोना मुक्त भएपछि दिपक भन्छन-आत्मबल बलियो बनाउनुपर्ने रहेछ

विदेशबाट कोरोना मुक्त भएपछि दिपक भन्छन-आत्मबल बलियो बनाउनुपर्ने रहेछ

  1. बुटवल-कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट विकसित मुलुकलाई नागरिक बचाउन हम्मेहम्मे परिरहेका बेला दोहा कतारमा संक्रमित नेपाली भने तङ्ग्रिँदै गएका छन्। सघन उपचार कक्ष (आईसीयू)मा नबसी आइसोलेसन वार्डबाटै डिस्चार्ज हुन सफल भएका छन्। कोरोना संक्रमितको जोखिम र संख्या दैनिक बढ्दो छ। कतारमा नेपालका पोखरा लेखनाथ महानगरपालिका २९ घर भएका विगत १८ वर्ष देखि फुटबल क्लबमा कार्यरत दीपक सुनारलाई अगस्त ४ तारिखमा कोरोना संक्रमण पुष्टि भयो ।
    कोरोना पुष्टि भएपछि १४ दिन बिताएका दीपक सुनारको अनुभव उनकै शब्दमा 
    फेब्रवरीमा कतारमा पहिलो पटक कोरोना संक्रमित भेटीदा डाक्टरहरु पनि अनुभवी नभएको नयाँ रोग भनेर एकदमै डर लागेको उनले बताएका छन ।उनी भन्छन ‘कोरोना संक्रमित भेटिए सँगै लकडाउन भयो । कोठामा बस्दै गर्दा सुरक्षित नै भैयो तर केही हप्ता पछि कतार सरकारले काम गर्न अनुमति दीईसकेपछि हप्ता- हप्तामा कोरोना जाँच हुन लाग्यो त्यति बेला हाम्रो ट्रेनिङ चलिरहेको थियो । ट्रेनिङ देखि कोठा मात्र आउ जाउँ हुन्थियो’। उनको अनुभवमा अगस्त ३ तारिखमा मलाई शरीरमा गार्हो भए जस्तो ज्वरो आए जस्तै अनुभव भको थियो, हामि धेरै समय पछि लामो यात्रा गरेका थियौ, त्यो दिन त्येसैले गार्हो भयो होला भनेर सोचे फेरि लक्षण मिल्दा कतै कोरोना त भयन भन्ने भित्र- भित्र डर पनि लाग्यो, पसिना निस्के पछि ठीक होला भनेर दौडिए अल्ली हल्का भयो । त्यो रात म प्यारा सिटामोल र प्याराडोल एउटा -एउटा खाएर सुते ।

अगस्त ४ तारिख हाम्रो क्लबमा कोरोना जाँच गर्ने दिन थियो मेरो पनि जाँच भयो तर रिपोट ५ तारिखमा आयो । रिपोट कोरोना पोजेटिभ थियो नेपालमा कोरोनालाई लिएर धेरै त्रसित अवस्था भएको कारण  घरमा श्रीमती , छोरा,  छोरी , भाइहरू कसैलाई पनि बताउन उनलाई मन लागेन। एकछिनपछि मलाई हस्पिटलबाट त्यहि बस्नुहुन्छ कि एम्बुलेन्स पठाउ भनेर  फोन आयो ,त्यसपछी  मैले व्यवस्थापनमा आफु कोरोना संक्रमित भएको जानकारी गराए र कोरोना छिटो सर्ने भएकाले कोठामा बस्दा अरूलाई समस्या हुने हुँदा म हस्पिटल नै गए नेपालमा जस्तो संक्रमित लाई घृणा को दृष्टिले हेरिएन । संक्रमितहरुको मृत्युको खबरले कता कता मनमा चिसो पस्थ्यो घर परिवारको चिन्ता लाग्थ्यो  तर म भन्दा पहिले म सँगै बस्ने साथीहरु र कोच लाई पनि कोरोना लागेको र उहाँहरूको अनुभव सुनेको हुँदा फेरि समान्य लाग्थ्यो । “म व्यायाम गर्ने मान्छे भएको भएर पनि त्यति समस्या भएन, रोगसंग लड़न सक्ने क्षमता बढाउने खालको खाना राम्रो सुत्ने व्यवस्था , व्यायाम , मानसिक रुपमा यो वर्षमा हामीलाई लाग्ने रुघाखोकी जस्तै हो भन्ने परामर्श दिन सकियो भने यसबाट १४ दिन भित्र मुक्त हुन सकिन्छ । ” म पनि १४ दिनमा कोरोना मुक्त भए यदि अरु कुनै रोग बाट ग्रसित हो भने डॉक्टर संग बेलैमा सल्लाह लिनुपर्छ ।हाल उनी कोरोनालाई जित्न सफल भएका छन्। कोरोना संग डराउनु पर्दैन यसको औषधि भनेको पारा सिटामोल र पेनाडोल मात्र हो त्यो पनि ज्वरो आउदा टाउको दुख्यो भने मात्र खाने यदि रोग प्रतिरोधात्मक शक्ति बलियो छ भने यसको पनि आवश्यकता पर्दैन ज्वरो आएको ४,५ दिन पछि खोकी लाग्दो रहेछ त्यति बेला खोकीको सिरप लिन  सकिन्छ सुरक्षित हुन सके घरमै बसेर पनि कोरोना जित्न सकिन्छ । यो एउटा समान्य रोग हो । यसलाई ठुलो रुपमा प्रस्तुत गरेर त्रसित गराउनु हुँदैन । भन्ने उनको अनुभव छ । दोहा कतार जहाँ हालसम्म १,१८,७७८ जना कोरोना संक्रमित फेला परेका छ्न ।

प्रकाशित मिति : मंगलबार, भाद्र १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij