बुटवल-प्रहरी कार्यालय बुटवलका थप ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो साता १३ जना थुनुवामा संक्रमण पुष्टि भएपछि उनीको कन्ट्याक्ट ट्रसिङका आधारमा पीसीआर परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो । गएराति आएको रिापेर्टअनुसार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
योसँगै इलाका प्रहरी कार्यालयमा संक्रमितको संख्या ३० पुगेको छ । थुनुवा र प्रहरीमा कोरोना पुष्टि भएपछि उनीहरूको सम्पर्कमा आएका र लक्षण देखिएका प्रहरीमा गरिएको परीक्षणमा सोमबार थप ११ जनामा कोरोना पुष्टि भएको हो ।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार उनीहरु सबै पुरुष हुन्।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले प्रहरी जवानदेखि जुनियर अधिकृतसम्मका २४ जनाको स्वाब संकलन गरिएकोमा १९ जनाको परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजिटिभ आएको पुष्टि गरे । यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्